२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेशमा सिकेको ज्ञान, सीप र प्रविधि स्वदेशमा हस्तान्तरण गर्ने सुनौलो अवसर आएको छ : परराष्ट्रमन्त्री

अ+ अ-

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशमा नेपालीले सिकेको ज्ञान, सीप र प्रविधि नेपालमा हस्तान्तरण गर्ने सुनौलो अवसर आएको बताएका छन् ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) एसिया प्यासिफिकको आठौँ क्षेत्रीय भेला तथा पहिलो विज्ञ सम्मेलनलाई आज सम्बोधन गर्दै उनले कोभिड–१९ पछिको नेपालको अर्थतन्त्रलाई उकास्न नयाँ प्रविधिको माध्यमबाट मुलुकको समृद्धि गर्नुपर्नेमा जोड दिए ।

मन्त्री ज्ञवालीले कोभिड–१९ को कारण विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउने कार्य तीव्र गतिमा भइरहेको जानकारी गराउँदै वर्तमान असहज परिस्थितिलाई अरु बेला जस्तै सहज रुपमा नलिन पनि आग्रह गरे । ‘विदेशमा अलपत्र नागरिक फर्काउने क्रममा केही कठिनाइ भएको छ, असहज परिस्थिति भएकाले पनि सोचे जस्तो नहुन सक्छ भन्ने कुरा बुझिदिन आग्रह गर्दछु’, उनले भने ।

उनले तेस्रो मुलुकबाट झन्डै तीन लाख नेपाली स्वदेश फर्कन लागेको र अहिलेसम्म ७६ हजार बढी नेपालीलाई उद्धार गरिएको बताए । भारतबाट मात्र पाँच लाख नेपाली स्वदेश फर्किएको र तेस्रो मुलुकसहित गरी करिब १० लाख वैदेशिक रोजगारीमा रहेका नेपाली स्वदेश फर्कन लागेकाले तत्काल उनीहरुलाई रोजगारी सिर्जना गर्नु अर्को चुनौती रहेको पनि बताए । नेपालको आर्थिक समृद्धिमा गैरआवासीय नेपालीको योगदान रहेकाले अब नेपालमा लगानी गरी रोजगारी सिर्जना गर्ने वातावरणमा सहयोग गरिदिन पनि मन्त्री ज्ञवालीले आग्रह गरे ।

कार्यक्रममा सङ्घका पूर्वअध्यक्ष तथा संरक्षक देवमान हिराचनले नेपालमा विदेशी तथा गैरआवासीय नेपाली लगानी गर्न इच्छुक रहेकाले लगानीको वातावरण सहज बनाइदिन आग्रह गरे । सङ्घका प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष शेष घलेले अष्ट्रेलियाको भिक्टोरिया राज्य समन्वय परिषद्लाई त्यहाँको स्थानीय सरकारले एक लाख ५० हजार डलर आर्थिक सहयोग गरेको उदाहरण दिँदै आफू बसेको देशमा विश्वास दिलाउन सकेको खण्डमा स्थानीय सरकारबाट पनि सहयोग मिल्नेतर्फ ध्यान दिन आग्रह गरे ।

सङ्घका अध्यक्ष कुमार पन्तले सङ्घले प्रविधिलाई समय सापेक्ष उपयोग गर्दै ‘स्मार्ट एनआरएन’ अवधारणालाई लागू गर्न लागिपरेको जानकारी गराए । उनले नेपालको आर्थिक समृद्धिमा थप योगदान गर्न गैरआवासीय नेपाली लागिपरेको बताए । म्यानमारका लागि नेपाली राजदूत भीम उदास, नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा डिला सङ्ग्रौलालगायतले विदेशमा नेपालीले सिकेको ज्ञान, सीप र प्रविधिको हस्तान्तरण गर्दै मुलुकको समृद्धिमा लगाउनुपर्नेमा जोड दिएका थिए ।