कोरोना संक्रमणबाट २४ घण्टामा ८ जनाको मृत्यु, मृतकको संख्या ४६७ पुग्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोना संक्रमणबाट २४ घण्टामा ८ जनाको मृत्यु, मृतकको संख्या ४६७ पुग्यो


प्रशासन संवाददाता

१० आश्विन २०७७, शनिबार


काठमाडौं । कोरोना संक्रमणबाट २४ घण्टामा ८ जनाको मृत्यु भएको छ ।

सप्तरीका ६३ वर्षीय पुरुष, काठमाडौंका २० र ७४ वर्षका दुई पुरुष, भक्तपुरका ८८ वर्षीय पुरुष, मकवानपुरका ७४ वर्षीय पुरुष, ललितुरका ७६ वर्षीय पुरुष, रुपन्देहीका ७२ वर्षीय पुरुष र कैलालीका ३० वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४६७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार २०७ कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका सोही अवधीमा १ हजार १४७ सोही अवधीमा संक्रमित निको भएर घर फर्किएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस