डा. केसीको पक्षमा दमौलीमा प्रदर्शन « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

डा. केसीको पक्षमा दमौलीमा प्रदर्शन


प्रशासन संवाददाता

१० आश्विन २०७७, शनिबार


दमौली । अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा र उनको माग पूरा गर्न सरकारले गम्भीरता नदेखाएको भन्दै सरकारलाई दबाब दिन डा. केसी पक्षमा दमौलीमा प्रदर्शन गरिएको छ।

युथ कांग्रेसको आयोजनामा दमौली ट्राफिक चोकमा कार्यक्रम गर्दै प्लेकार्डसहित प्रदर्शन गरिएको हो।

दमौलीका विभिन्न युवा क्लब तथा सामाजिक संघ संस्थाले ऐक्यवद्धता जनाएको कार्यक्रममा सहभागीले केसीको जीवन रक्षा गर, दुर दराजमा मेडिकल शिक्षा खै ? लगायतका नारा समेटिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

दमौली ट्राफिक चोकबाट सफा सडकसम्म सडक छेउ उभिएका सहभागीले मौन रुपमा उभिएर प्लेकार्ड प्रदर्शन गरेका थिए।

पटक-पटक गरी १९ पटकसम्म सत्याग्रह गरेका चिकित्सक केसी फेरि पनि अनशनमा बसे पनि उनका माग पूरा गर्न सरकारले गम्भीरता नदेखाएको भन्दै दबाब दिन कार्यक्रम गरिएको बताए। ‘डा. केसीका पक्षमा दबाब दिन आन्दोलन गरेका हौं’, उनले भने,‘माग पूरा नभए फेरि आन्दोलनमा उत्रन्छौं।’

Tags :
प्रतिक्रिया दिनुहोस