कोरोनाबाट नेपाली सेनामा कार्यरत थप एक सैनिक जवानको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कोरोनाबाट नेपाली सेनामा कार्यरत थप एक सैनिक जवानको मृत्यु


प्रशासन संवाददाता

१० आश्विन २०७७, शनिबार


नेपाली सेना

काठमाडौँ । कोरोना सङ्क्रमणका कारण एक सैनिक जवानको मृत्यु भएको छ । बझाङ घर भई काठमाडौँमा कार्यरत सैनिक जवानको शुक्रवार उपचारका क्रममा  मृत्यु भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जानकारी दिएको छ ।

यहीँ असोज ६ गते छारे रोगको लक्षण देखिएपछि उनलाई वीरेन्द्र सैनिक अस्पतालको आइसियुमा भर्ना गरिएको थियो । आइसियुमा उपचाररत उनको ८ गते स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण २ सैनिक जवानले ज्यान  गुमाएको जङ्गी अड्डाले जानकारी दिएको छ ।

हालसम्म नेपाली सेनाका २ हजार १ सय ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये ५ सय ३९ जना निको भइसकेका छन्  भने १ हजार ६ सय ५६ जना सक्रिय सङ्क्रमित रहेको सैनिक सूचना निर्देशनालयले जनाएको छ ।

 

 

Tags :
प्रतिक्रिया दिनुहोस