अर्घाखाँचीको शीतगंगामा पहिरो, १७ घर बगे « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अर्घाखाँचीको शीतगंगामा पहिरो, १७ घर बगे


प्रशासन संवाददाता

९ आश्विन २०७७, शुक्रबार


अर्घाखाँची । अर्घाखाँचीको शीतगंगा नगरपालिका–१२ मा पहिरो जाँदा १७ घर बगाएको छ । स्थानीय कोठिया मैदानको जोख्ले गैरा भन्ने ठाउँमा पहिरो जाँदा १७ घर बगाएको हो ।

तीन दिनको अविरल वर्षापछि शुक्रबार दिउँसो पहिरो गएको हो । पहिरोले मानवीय क्षति भए–नभएको यकीन भएको छैन । भिरालोमा रहेको वस्तीका १७ घर, गोठ, कुखुरा फार्म बगाउँदा नगद, जिन्सी, अन्नपात, पशु चौपाया गरेर एक करोड रुपैयाँ भन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान छ ।

गाउँमा पहिरो गएसँगै ३५ परिवारलाई सुरक्षित ठाउँमा सारिएको वडा अध्यक्ष बाबुराम गैरेले जानकारी दिए । घटनास्थलमा पुगेर प्रहरी र स्थानीय बासिन्दाले विस्थापित परिवारको उद्धार थालेको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस