२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सार्वजनिक सवारी साधनको अनुगमन तीव्र

अ+ अ-

काठमाडौँ । कोभिड-१९ सङ्क्रमण जोखिमलाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनको अनुगमनलाई तीव्र पारेको छ ।

सिट क्षमताभन्दा बढी यात्रु राखे/नराखेको, भीडभाड गरे/नगरेको, यात्रुले मास्क लगाएरनलगाएको, बढी भाडा लिए/नलिएको, भाइरस सङ्क्रमणमुक्त गर्ने गरी स्यानिटाइजर छर्केर सञ्चालन गरे/नगरेको जस्ता विषयमा अनुगमन थालिएको हो ।

बिहीबारबाट अनुगमन थालिएको र यो क्रम चाडबाडभर नै जारी रहने जनाइएको छ ।

अनुगमनका क्रममा स्वास्थ्य मापडण्ड पालना नगर्ने ४०० भन्दा बढी भाडाका सवारी साधनलाई सम्झाइबुझाई गरी छाडिएको तर आगामी दिनमा दोहोरिएमा कारवाही हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए ।

उनले कोरोना भाइरसबाट यात्रुमाथि हुने जोखिमलाई मध्यनजर गरी उपत्यकाका मुख्यमुख्य बसपार्क एवं भीडभाड हुने क्षेत्रमा अस्थायी जाँचचौकी राखी सवारी साधनको अनुगमनलाई तीव्रता पारेको जानकारी दिए ।

भाडाका सवारी साधनले स्वास्थ्य मापदण्ड पालना नगरेको वा तोकिएको भन्दा बढी भाडा लिएमा नजिकको ट्राफिक प्रहरी वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा फोन गर्न आग्रहसमेत गरिएको छ । यातायात व्यवसायी तथा सञ्चालकलाई बोलाएर सवारी साधनमा यात्रुको सुरक्षामा ध्यान दिन, स्यानिटाइजेसनको व्यवस्था गर्न नियमित सरसफाइ गर्न, यात्रुको सुविधाका लागि पर्याप्त सवारी साधन चलाउन, सवारीमा यात्रु कोचिएर नराख्न वा सिट क्षमताअनुसार मात्र यात्रु राख्न भनिसकेको छ ।