तिनाउ र नारायणी नदी आसपासमा डुबान हुन सक्ने खतरा, उच्च सतर्कता अपनाउन आग्रह « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

तिनाउ र नारायणी नदी आसपासमा डुबान हुन सक्ने खतरा, उच्च सतर्कता अपनाउन आग्रह


८ आश्विन २०७७, बिहिबार


काठमाडौँ । नारायणी र तिनाउ नदीमा बाढीले खतराको तह पारेको छ ।

तटीय क्षेत्र र आसपासमा डुबान हुन सक्ने खतरा भएकाले आज दिउँसोसम्मै उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आज बिहान साढे ७ बजेसम्मको रेकर्डअनुसार तिनाउको जल सतह ५.७१ मिटर पुगेको छ । यद्यपि यो सतह घट्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । तिनाउ नदीमा ५.२ मिटरसम्म सतर्कताको तह र ५.६ मिटरसम्म खतराको तह मानिन्छ ।

नारायणी नदीको बाढीले पनि सतर्कताको तह पार गरेको छ । डन्डा, गैँडाकोट, डेढ गाउँ र कल्याणपुर क्षेत्रमा भारी वर्षा भएको छ । त्यसैले चितवन, नवलपरासी लगायतका तटीय क्षेत्रमा पनि दिउँसोसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

देशभर नै निरन्तर वर्षा भइरहेकाले देशका अधिकांश नदी तथा खोलाहरूमा बाढी आएको छ । यसअघि नै बाढी सूचना केन्द्रले बाढी आउने पूर्वानुमान गर्दै ११ गतेसम्म तटीय क्षेत्रमा नजान आग्रह गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस