चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु


८ आश्विन २०७७, बिहिबार


चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमणका कारण एक युवाको मृत्यु भएको छ ।

तनहुँको आँबुखैरहनी नगरपालिका वडा नम्बर ३ का ३९ वर्षीय युवाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा। दयाराम लम्सालका अनुसार उनको बुधबार राति १२ः५५ बजे मृत्यु भएको हो ।

डायलासिस गराउन भदौ २९ गते अस्पताल आएका उनमा गत भदौ ३१ गते कोरोना देखिएको थियो ।

कोरोना सङ्क्रमणसँगै अस्पतालको सघन उपचार कक्षमा उनको उपचार भईरहेको थियो । उपचारका क्रममा राति उनको मृत्यु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस