आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने


६ आश्विन २०७७, मंगलबार


काठमाडौं । सरकारले विश्वप्रसिद्ध पर्वतारोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले आरोही शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।

नेपालको पर्वतीय पर्यटनमा हिमचितुवाका नामले परिचित साहसिक आरोही शेर्पाको ७२ वर्षको उमेरमा सोमबार निधन भएको थियो ।

शेर्पा १० पटक बिना अक्सिजन सगरमाथाको चुचुरो पुगेको कीर्तिमान रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस