२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

याङ्री र लार्केको पानी राजधानी ल्याउन टिबीएम प्रविधिबाट सुरुङ बनाइने

अ+ अ-

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत याङ्री र लार्केको पानी राजधानी ल्याउन नयाँ प्रविधिबाट काम गर्ने गरी तयारी शुरु भएको छ ।

पहिलो चरणमा मेलम्ची खोलाको पानी ल्याउन ‘ड्रिलिङ ब्लाष्टिङ एण्ड मकिङ’ (डिबीएम) प्रविधिबाट सुरुङ निर्माण गरिएको थियो । डिबीएम प्रविधिबाट सुरुङ बनाउँदा विष्फोट गरिन्थ्यो ।

यो प्रविधिबाट सुरुङ बनाउँदा लक्ष्यभन्दा बढी समय लागेको, बीचबीचमा निर्माण व्यवसायी भागेर नयाँ ठेक्का लगाउनुपर्दा समय लम्बिन गएकाले नयाँ प्रविधिबाट काम गर्ने तयारीमा खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समिति लागेको हो ।

दोस्रो चरणको याङ्री र लार्केको पानी राजधानी ल्याउन पनि डिबीएम प्रविधिबाट नै काम गर्ने गरी लागत अनुमान गरिएको थियो । यो प्रविधिबाट करिब ११ किमी सुरुङ बनाउँदा रु १० अर्ब लाग्ने प्रारम्भिक अनुमान गरिएको थियो । डिबीएम प्रविधिबाट काम ढिला हुने देखिएकाले नयाँ प्रविधि उपयोग गर्ने गरी आयोजना समीक्षामा लागेको हो ।

मेलम्ची खोलाको मुहानस्थल हेलम्बु गाउँपालिकाको अम्बाथानबाट याङ्री नौ किलोमिटर टाढा पर्छ । याङ्रीबाट लार्के दुई किमीको दूरीमा पर्छ । याङ्री र लार्के दुवै खोला सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा पर्छ ।

करिब ११ किमीको यो दूरीमा ‘टनेल बोरिङ मेसिन’ (टिबीएम) प्रविधिबाट काम गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको आयोजनाको ‘हेडवक्र्स’ र सुरुङमार्ग हेर्ने उपकार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी दिए । यो प्रविधिबाट सुरुङ बनाउँदा यन्त्रको प्रयोग गरिन्छ ।

‘याङ्री र लार्केको मुहानस्थल जाने करिब २४ किमी प्रवेशमार्गको निर्माण पनि ढिला हुने भएकाले समेत टिबीएम प्रविधिबाट काम गर्न लागिएको हो, मेलम्ची पुलबजारबाट चार किमी प्रवेश मार्ग कसले निर्माण गर्ने अझै निश्चित छैन, त्यसमाथिको १० किमीमा सडक विभागले काम गरिरहेको छ, मुहानस्थलको १० किमीमा आयोजनाले नै काम गरिरहेको छ’, उनले भने ।

प्रवेशमार्ग सम्पन्न गरेर सुरुङ बनाउँदा वर्षौ समय लाग्ने भएकाले ४.८ मिटर चौडाइको सुरुङ बनाउन लागिएको हो । तीन मिटर सडक र १.८ मिटर पानी बगाउन उपयोग गर्ने गरी सुरुङमार्ग बनाउने तयारी आयोजनाले गरेको छ ।

चिनियाँ निर्माण कम्पनीले भेरी बबई आयोजनामा पनि टिबीएम प्रविधिबाट सुरुङ निर्माण गरेको थियो । अमेरिकी प्र्रविधिमा चीनमा निर्माण भएको टिबीएम प्रविधिको सफल परीक्षण नेपालमा पहिलोपटक भेरी बबई आयोजनामा गरिएको छ । यसले परम्परागत सुरुङ निर्माणलाई विस्थापन गरेको छ । परम्परागत तरिकाले सुरुङ निर्माण गर्दा विष्फोट गरिन्छ ।

यो चिनियाँ कम्पनीले भेरी बबई आयोजनाको करिब १२ किमी सुरुङ निर्माण गरिरहेको छ । प्रदेश नं ५ र कर्णालीका नागरिक लाभान्वित हुने योजनाबाट ४८ मेगावाट विद्युत् उत्पादन गरी बाँके र बर्दियामा बाह्रै महिना सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको छ ।