संघीय प्रहरी ऐन महिनौँदेखि मन्त्रिपरिषदमा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

संघीय प्रहरी ऐन महिनौँदेखि मन्त्रिपरिषदमा


४ आश्विन २०७७, आइतबार


काठमाडौँ । संघीय प्रहरी ऐन लामो समयदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थन्किएको छ । गृह मन्त्रालयले चैत्र दोस्रो सातातिरै मन्त्रिपरिषद्को कार्यालयमा पठाएको भएपनि अगाडी बढ्न सकेको छैन ।

सरोकारित मन्त्रालयहरूमा राय माग्दै पाँच–छ महिना लगाउँदै बल्ल बल्ल मन्त्रिपरिषद् पुगेको ऐन प्रशासन समितिमा गएको भएपनि सो समितिका संयोजक उपप्रधानमन्त्रीसमेत रहेका ईश्वर पोखरेलले समय नदिँदा अघि बढ्न नसकेको स्रोतको भनाई छ । उपप्रधानमन्त्रीज्यूको समय नमिलेर होला, छलफल हुन नपाएर रोकिएको छ, ती अधिकारीले भने, सुरक्षा जस्तो संवेदनशील विषयमा यति सारो लापरबाही गर्न नहुने हो ।

त्यसो संविधानमा व्यवस्था गर्नेबारे होस् या प्रहरी ऐन निमार्णका क्रममा नै किन नहोस् जे जति कानुनी व्यवस्था जसरी राख्नु पर्ने हो सोबारे पर्याप्त छलफल नगरीकनै अगाडी बढाइँदा भोलि कार्यान्वयनमा जटिलता उत्पन्न हुन जानकारहरुको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस