अनशनरत डा.केसीलाई मध्यरातमा अस्पताल पुर्‍यायो, केसी भन्छन् कुनै उपचार लिन्न « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अनशनरत डा.केसीलाई मध्यरातमा अस्पताल पुर्‍यायो, केसी भन्छन् कुनै उपचार लिन्न


प्रशासन संवाददाता

४ आश्विन २०७७, आइतबार


काठमाडौं । २९ भदौदेखि जुम्लामा आमरण अनशनमा बसेका डा. गोविन्द केसीलाई प्रहरीले मध्यरातमा अस्पताल पुर्‍याएको छ ।

राति करिव ११ बजेतिर प्रहरीले डा. केसीलाई जुम्लाको रानीचौरस्थित बाबिरामष्ट मन्दिर परिसरबाट बलपुर्वक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको हो ।

डा. केसीको स्वास्थ्य अवस्था कमजोर भएको भन्दै चिकित्सकहरुले अस्पताल लैजान सुझाएका पछि प्रहरीले उनलाई जवरजस्ती अस्पताल पुर्याएका थिए ।

आफूलाई अपहरणको शैलीमा अस्पताल लगिएको भन्दै डा. केसीले कुनै पनि उपचार नलिने बताएका छन् । उनले भनेका छन्, ‘माग पूरा गर्नुको साटो मलाई अपहरण गरेर ल्याउने रु म कुनै पनि उपचार, मोनिटरिङ लिनेवाला छैन ।’

नोवेल कोरोना भाइरस (कोभिड-१९) को पीसीआर परीक्षण व्यापक बनाउनुपर्ने, निःशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्यमा समान पहुँचको सुनिश्चिता हुनुपर्ने लगायतका माग राखेर २९ भदौदेखि डा. केसी जुम्लामा अनशनरत छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस