आइपीएलमा चेन्नईको शानदार सुरुवात « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आइपीएलमा चेन्नईको शानदार सुरुवात


प्रशासन संवाददाता

४ आश्विन २०७७, आइतबार


काठमाडौं । १३ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) टी–ट्वान्टी क्रिकेटमा साविक उपविजेता चेन्नई सुपर किङ्सले शानदार सुरुवात गरेको छ।

शनिबार राति युएईको अबुधाबीमा भएको उद्घाटन खेलमा साविक विजेता मुम्बई इण्यिन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नईले उत्कृष्ट प्रदर्शनसंगै शानदार सुरुवात गरेको हो।

मुम्बईले दिएको १ सय ६३ रनको लक्ष्य चेन्नईले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पुरा गरेको थियो।

चेन्नईको जितमा अम्बाती रायाडुले ७१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए। उनले ४८ बलमा ६ चौका र ३ छक्काको मद्धतले ७१ रन बनाउँदै चेन्नईको जित सहज पारे।

यस्तै फाप डुप्लेसिसले अविजित रहँदै ५५ रनको अर्धशतकीय इनिङ्स खेले। खेलमा उनले ४४ बलको सामना गरेर ५५ रन बनाएका हुन्।

रायडु र डुप्लेसिसले तेस्रो विकेटका लागि १४ ओभरमा ११४ रनको साझेदारी गरेका थिए। साम करनले १८ तथा रबिन्द्र जडेजाले १० रन जोड्दा कप्तान महेन्द्र सिंह धोनी शून्यमा आउट भए।

मुम्बईका ट्रेन्ड बोल्ट,जेम्स प्याटीनसन, जस्प्रित बुम्राह, हार्दिक पाण्डय र राहुल चाहरले १–१ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो।

 

Tags :
प्रतिक्रिया दिनुहोस