घिसिङ समर्थक बब्लु र मनिषमाथि भएको कुटपिटबारे छानविन गर्न समिति गठन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

घिसिङ समर्थक बब्लु र मनिषमाथि भएको कुटपिटबारे छानविन गर्न समिति गठन


प्रशासन संवाददाता

३ आश्विन २०७७, शनिबार


काठमाडौं । विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्तिको माग गर्दै भएको शान्तिपुर्ण प्रर्दशनमा बब्लु गुप्ता र मनिष श्रेष्ठमाथि भएको कुटपिटबारे छानविन गर्न नेपाल प्रहरीले समिति बनाएको छ ।

बिहीबार (१ असोज) मा माइतिघर मण्डलातर्फ जाँदै गर्दा हन्ड्रेड्स (१००) ग्रुपका बब्लुलाई प्रहरी निरीक्षक केशर न्यौपाने नेतृत्वको टोलीले अमानविय तवरले लाठी र बुटले कुटेका थिए ।

इन्सपेक्टर न्यौपाने नेतृत्वको टोलीले उनलाई अमानविय रुपमा कुटपिट गरेको भिडियो सामाजिक संजालमा भाइरल भएको छ । प्रदर्शनका क्रममा नियन्त्रणमा लिइसकेपछि पनि प्रहरीले कुटेको थियो । यस्तै शुक्रबार विजुलीबजार क्षेत्रमा भएको प्रदर्शनमा प्रहरीको कुटपिटबाट श्रेष्ठको टाउमा चोट लागेको छ ।

दुबै घटनामा प्रहरीले सार्वसाधारणमाथि अनावश्यक बल प्रयोग गरेको भन्दै चर्को आलोचना भएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले छानविन समिति बनाएको हो ।

रानीपोखरीका एसएसपी किरण बज्राचार्यको नेतृत्वमा बनेको समितिमा डीएसपी भवेश रिमाल र इन्स्पेक्टर विष्णुप्रदीप बस्याल छन् ।

प्रतिक्रिया दिनुहोस