पछिल्लो १६ घण्टामा ललितपुरमा ४ कोरोना संक्रमितको मृत्यु « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

पछिल्लो १६ घण्टामा ललितपुरमा ४ कोरोना संक्रमितको मृत्यु


प्रशासन संवाददाता

३ आश्विन २०७७, शनिबार


ललितपुर । पछिल्लो १६ घण्टामा ललितपुरमा कोरोना संक्रमणले चार जनाको मृत्यु भएको छ।

ललितपुर स्वास्थ्य कार्यालयका अनुसार पाटन अस्पतालमा ३ जना र मेघा अस्पतालमा १ जना गरी चार जनाको मृत्यु भएको हो ।

कार्यालयका अनुसार पाटन अस्पतालमा भदौ २६ गते भर्ना भएका सर्लाहीका ६० वर्षीय पुरुष, भदौ २० गते भर्ना भएकी ललितपुरकी ७५ वर्षीया महिला, भदौ २५ गते भर्ना भएकी ललितपुरकी ६८ वर्षीया महिलाको शुक्रबार मृत्यु भएको हो।

त्यसैगरी असोज १ गते मेघा अस्पतालमा भर्ना भएकी भक्तपुरकी ९० वर्षीया महिलाको आज मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस