३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृर्षिमा लगानी गरी स्थानीय उत्पादकत्वलाई प्रवर्द्धन गर्न जोड

अ+ अ-

डोटी । सरकारले कृर्षि क्षेत्रमा लगानी गरी स्थानीय स्तरमा उत्पादन हुने कृर्षि बालिलाई प्रवर्द्धन गर्न आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् ।

कृर्षि ज्ञानकेन्द्र डोटीले जिल्ला सदरमुकाम सिलगढीमा शुक्रबार आयोजना गरेको कृर्षि ज्ञान केन्द्र र स्थानीय तहका कृर्षि प्राविधिकहरू बिचको अन्तरक्रिया गोष्ठीका सहभागीहरूले उक्त कुरामा जोड दिएका हुन

कार्यक्रममा बोल्दै प्रदेश कृर्षि निर्देशनालय राजपुर डोटीका निर्देशक यज्ञराज जोशीले प्रत्येक स्थानीय तहले एक स्थानीय तह एक भण्डारण केन्द्र स्थापना गर्ने,  एक घर एक करेसाबारी निमार्ण गर्ने, एक घर दश फलफूलका बिरुवा लगाउनु पर्ने जस्ता अवधारणालाई अगाडी बढाउन सके कृर्षि क्षेत्रको प्रवर्द्धन हुने बताए । उनले भने प्रत्येक व्यक्ति किसान हुनुपर्छ, सबै कुरालाई कृर्षि उत्पादन सँग जोड्न पहल गर्नुपर्छ ।

भौगोलिक क्षेत्र अनुसार कुन ठाउँमा के उत्पादन हुन्छ त्यसलाई विशेष प्राथमिकताका साथ पकेटको रूपमा विकास गर्न स्थानीय तहहरूले पनि पहल गर्नुपर्ने समेत बताए ।

कृर्षि निर्देशनालयले मागका आधारमा स्वरोजगार मुखी कार्यक्रम, वास्तविक किसानलाई विभिन्न क्षेत्रमा अनुदानका कार्यक्रमहरूलाई अगाडी बढाइरहेको समेत निर्देशक जोशीले बताए ।

जिल्ला समन्वय समिति डोटीका प्रमुख राम बहादुर ऐरले साना देखि ठुला तह तप्का सम्मले गर्ने पेसा कृर्षि भएकाले सरकारले कृर्षि क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताए । प्रत्येक स्थानीय तहले आफ्नो क्षेत्रमा उत्पादन हुने कृर्षि बाली स्थानीय उत्पादकत्वलाई प्रवर्द्धन गर्न विशेष कार्यक्रम अगाडी बढाउन आवश्यक रहेको बताए ।  उनले भने प्रत्येक स्थानीय तहले शाखागत रूपमा छुट्याएको बजेट शीर्षक गत रूपमा  सबैलाई जानकारी गराउनु पर्छ डोटीमा यस्तो अभ्यास हुन नसकेको बताए । ज्ञान केन्द्र, प्रदेश निर्देशनालयले दिने राहत र अनुदानका कार्यक्रमहरू वास्तविक किसानहरूलाई मात्र दिनु पर्ने समेत सुझाव दिएका थिए ।

कृर्षि ज्ञान केन्द्र डोटीका निमित्त प्रमुख नरेन्द्र पनेरुले डोटी जिल्लाको कृर्षि क्षेत्रको प्रवर्द्धनको लागि विभिन्न कार्यक्रमहरू सञ्चालन हुने बताए । उनले भने डोटी जिल्लाको सम्भावित क्षेत्र अनुसार स्थानीय कृर्षि बालीलाई प्रवर्द्धन गर्न बाली बिउ उत्पादन, आलु खेती, अदुवा हल्दी खेती, माहुरी पालन लगाएका मागमा आधारित युवा स्वरोजगारीमुखी कार्यक्रमहरू लाई विशेष जोड दिइने बताए ।

ज्ञान केन्द्रले सरोकारवाला निकाय सँग नियमित रूपमा समन्वय सहकार्य गर्नुका साथै ज्ञान केन्द्र बाट सञ्चालन हुने कार्यक्रमहरू पारदर्शिमुलक तरिकाले सबैलाई जानकारी गराइने समेत बताए ।

कार्यक्रममा बोल्ने स्थानीय तहका कृर्षि प्राविधिक र अन्य सरोकारवाला निकायले डोटी जिल्लाको कृर्षि क्षेत्रको सम्भाब्यता अध्ययन हुनुपर्ने, माटो परीक्षण हुनुपर्ने, स्थानीय तहले सम्बन्धित क्षेत्रमा उत्पादन हुने कृर्षि बालीलाई प्रवर्द्धन गर्न लगानी गर्नुपर्ने, कृर्षि क्षेत्रमा विनियोजन गरेको बजेट शाखालाई समयमै जानकारी हुनुपर्ने, युवाहरूलाई कृर्षि सँग जोड्नुपर्ने, बाझो जमिनलाई सदुपयोग गर्ने खालका कार्यक्रमहरू ल्याउनु पर्ने, कृर्षि सँग सम्बन्धित सूचना, जानकारीहरू किसानहरूलाई समयमै जानकारी गराउनु पर्ने कृर्षि प्रविधिलाई अगाडी बढाउनु पर्ने लगायतका सुझावहरू दिएका थिए ।

कृर्षि ज्ञान केन्द्र डोटीले आयोजना गरेको अन्तरक्रिया गोष्ठी तथा बैठकमा डोटी जिल्लाका नौ वटै स्थानीय तहका कृर्षि प्राविधिकहरूको सहभागिता रहेको थियो ।  ज्ञान केन्द्र स्थापना भइसकेपछि स्थानीय तहका कृर्षि प्राविधिकहरू सँगको यो पहिलो बैठक हो ।

प्रतिक्रिया दिनुहोस