२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिद्धान्त र आदर्शको राजनीतिबाट देश र जनताको हित हुन्छ : नेता सिंह

अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली राजनीतिमा सिद्धान्त र आदर्शले प्रश्रय पाए मात्र देश र जनताको हित हुने बताएका छन् ।

वीर गणेशमान सिंहको २३औँ स्मृति दिवसका अवसरमा बिपी कोइराला युवा नेतृत्व विकास मञ्चले आज यहाँ आयोजना गरेको ‘त्याग संघर्ष, समर्पण : आजको काँग्रेस र १४औँ महाधिवेशन’ विषयक भर्चुअल अन्तक्रियामा उनले गणेशमान सिंहको सिद्धान्त र आदर्शको राजनीतिले देशमा प्रजातन्त्र स्थापनामा महत्वपूर्ण योगदान पुर्‍याएको धारणा व्यक्त गरे ।

नेता सिंहले नेपालमा प्रजातन्त्र स्थापनाका लागि सङ्घर्षशील नेता गणेशमान सिंहको जीवनबाट नेपालका राजनीतिक नेताहरुले पाठ सिक्नुपर्ने उल्लेख गरे । जनतालाई अधिकार दिलाउन १५ वर्ष जेल र १५ वर्ष निर्वासित जीवन गणेशमान सिंहले बिताएको उनको भनाइ थियो ।

पूर्वउपप्रधानमन्त्री सिंहले कोभिड–१९ को महामारीमा सरकारले प्रभावकारी काम गर्न नसेकेको आरोप लगाए । ‘कोरोनाका कारण धेरै मजदुरहरुको घरबास उठ्दासमेत सरकारले उनीहरुको उचित राहत र व्यवस्थापन गर्न सकेन’, उनले भने ।

काँग्रेस नेता अर्जुननरसिंह केसीले पार्टीलाई हुकुमी शैली र स्वेच्छाचारीताले चलाएर नचल्ने भन्दै विधिअनुसार पार्टी चलाउनुपर्ने उल्लेख गरे । उनले सरकारले दिएको मतको सम्मान गर्न नसकेको बताए । काँग्रेस कमजोर प्रतिपक्ष भएको उनको भनाइ थियो । पार्टीको १४औँ महाधिवेशनमा नेता हैन नीति, व्यक्ति हैन विधि हेनुपर्ने नेता केसीले बताए ।

पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले इमान्दार, निष्ठावान, त्यागी र संघर्षशील नेता स्व सिंह भएको बताए । बिपी कोइरालालाई सफल बनाउन गणेशमान सिंहको महत्वपूर्ण योगदान रहेको उनको भनाइ थियो ।

नेता पौडेलले काँग्रेसले लोकतन्त्रका लागि कसैसँग सम्झौता नगरेको बताउँदै लोकतन्त्रको रक्षाका लागि युवाहरु एकजुट हुनुपर्ने उल्लेख गरे । यथास्थितिबाट पार्टी नचल्ने भन्दै पार्टीलाई सक्षम रुपमा हाँक्ने नेतृत्व काँग्रेसलाई आवश्यक रहेको उनको भनाई थियो ।

काँग्रेस केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले जनताको हक अधिकार स्थापनाका लागि लड्ने लोकतान्त्रिक योद्धा स्व सिंह भएको उल्लेख गरे । सबै दललाई मिलाएर २०४६ सालको आन्दोलनको नेतृत्व गर्ने गणेशमान सिंह साहसी नेता भएको उनको भनाइ थियो ।

उनले आन्दोलनको नेतृत्व गर्ने सिंहलाई प्रधानमन्त्रीको नेतृत्व गर्न दिँदा प्रधानमन्त्रीको पद लिन नमान्ने त्यागी नेता सिंह भएको बताए । १४औँ महाधिवेशनमा गुट उपगुटको अन्त्यका लागि सहमतिबाट नेतृत्व छान्नुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस