२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीको कहर झेल्दै ढोरपाटनवासी

अ+ अ-

बागलुङ । ढोरपाटनका बाढी प्रभावितको दैनिकी कष्टकर बनेको छ ।

बाढीमा घरबास गुमाएका मानिसहरु टहरा, गोठ र विद्यालयमा आश्रित छन् । हातमुख जोड्न राहतको भर पर्नुपर्ने स्थिति छ ।

विद्युत् र सञ्चार सेवा बिच्छेद छ । थातथलोबाट उठिबास भएकाहरु अन्धकारमा रात गुजार्न विवश छन् । सामुदायिक स्वास्थ्य एकाए नै बाढीले बगाएपछि सामान्य औषधोपचारको समेत अभाव छ । बाढीले क्षत्विक्षत् पारेको सडक जेनतेन खुलाउने प्रयास भइरहेको छ ।

सडकलगायतका भौतिक संरचनामा क्षति पुगेपछि स्थानीयवासी आधारभूत सेवाबाटै बञ्चित हुनुपरेको हो । ‘दुई सातादेखि बिजुली छैन, मोबाइल पनि चल्दैन’, स्थानीयवासी विक्रम विकले भने, ‘आफ्नै गाउँ पनि अनाकन्टार जस्तो लाग्न थालेको छ ।’ गत भदौ १७ गते भूजीखोलामा बाढी आउँदा मुस्किलले जोगिएका विकले त्यो बेला माइतीगाउँ निसीमा रहेका श्रीमती र छोरासँगसमेत सम्पर्क हुन नसकेको उनले सुनाए ।

सञ्चार सेवा अवरुद्ध हुँदा बाढीपछिको राहत र व्यवस्थापकीय काममा सम्बन्धित पक्षबीच जानकारी लिनदिन र समन्वयमा कठिनाइ भइरहेको छ । बाढी प्रभावित र सहायताकर्मीबीच पनि सम्पर्क स्थापित हुन सक्ने स्थिति छैन ।

ढोरपाटन नगरपालिका-८ का वडाध्यक्ष नन्दे सुनारले ७ देखि ९ वडासम्म विद्युत् अवरुद्ध भएको बताए । वडा नं. ९ मा मात्र तीनवटा लघुजलविद्युत् आयोजनामा क्षति पुगेको छ । यस्तै वडा नं. ८ स्थित ८४ किलोवाट क्षमताको भूजीखोला पाँचौ लघुजविद्युत् आयोजना क्षतिग्रस्त बनेको छ ।

ढोरपाटन नगरपालिकाका अनुसार बाढीले वडा नं. १ देखि ९ सम्मका ११ वटा लघुजलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ । कुनै आयोजना पूर्णरुपमा र कुनै आंशिक मर्मत, सुधार गर्नुपर्ने स्थितिमा छन् । ‘मर्मत गरेर चल्ने छिट्टै सञ्चालनमा आउँछन्, पूर्ण क्षति भएका आयोजना बनाउन समय लाग्छ’, नगरप्रमुख देवकुमार नेपालीले भने ।

लघुजलविद्युत् आयोजना बन्द भएसँगै मोबाइल टावरमा विद्युत् आपूर्ति रोकिँदा सञ्चार सेवा अबरुद्ध भएको हो । केन्द्रीय विद्युतीकरण नभएका कारण त्यस क्षेत्रका जनसाधारण लघुजलविद्युत्का भरमा छन् ।

लामो समय विद्युत् अबरुद्ध भएपछि मोबाइल सेवा पनि प्रभावित हुने गर्छ । ब्याट्रीले केही घण्टा मात्र थेगेपनि त्यसपछि टावर बन्द हुन्छ । नेपाल टेलिकम बागलुङ कार्यालयका वरिष्ठ इन्जिनीयर केशव शर्माले वडा नं. ७ बोबाङ र ९ देउरालीमा रहेको टावरमा समस्या आएको बताए । उनले शनिबार सौर्य उर्जा प्रणाली (सोलार) जडानका लागि आफूहरु जान लागेको बताए । ‘तत्काललाई अस्थायी रुपमा चलाउँछौँ, पछि स्थायी रुपमै सोलार जडान हुन्छ’, उनले भने । सडक नै अवरुद्ध भएका कारण सामान पुर्‍याउन केही ढिलाइ भएको वरिष्ठ इन्जिनीयर शर्माले उल्लेख गरे ।

नगरप्रमुख नेपालीले बाढीबाट क्षति पुगेको सडक मर्मत गरेर वडा नं. ९ सुर्कुदुङसम्म पुर्‍याइएको बताए। ढोरपाटन देउरालीसम्म जोड्न अझै केही समय लाग्ने उनको भनाइ छ । सालझण्डी–ढोरपाटन आयोजनाअन्तर्गत झण्डै १० किमि सडक बाढीले बगाएको छ ।

सो खण्डलाई पूर्ववत् स्थितिमा फर्काउन रु। ६० करोड खर्च हुने प्रारम्भिक अध्ययनबाट देखिएको छ । सडक अवरुद्ध हुँदा शुरुमा राहत सामग्री पुर्‍याउनसमेत कठिन भइरहेको थियो । बाढीग्रस्त क्षेत्रमा पुग्न झण्डै तीन घण्टा पैदल हिँड्नुपर्ने बाध्यता थियो । अहिले राहत पुर्‍याउन केही सहज छ ।

भौतिक संरचनाको बेलैमा पुनःनिर्माण नगरिए त्यस क्षेत्रको विकासको स्थिति झनै पछाडि धकेलिने हो कि भन्ने चिन्ता स्थानीयवासीमा छ । बाढीबाट वडा नं. ९ को लाँकुरीबोट, दुनेपधेँरा, भुसुण्डे, सुप्राङ, घट्टबोट, चेप्टाजुर, दुवाल र फल्लेघरमा बढी क्षति पुगेको छ ।

बाढीमा परी २२ जनाले ज्यान गुमाएका छन् १६ जना अझै बेपत्ता छन् । बाढीले १२० घरमा पूर्ण र ५१ घरमा आंशिक क्षति पुर्‍याएको छ । विद्यालय, झोलुङ्गे, ढलान र काठे पुलसमेत बगाएको छ । हजारौँ रोपनी खेतीयोग्य जमीन बगरमा परिणत भएको छ ।