जापानमा नवनिर्वाचित प्रधानमन्त्री सुगाद्वारा पदवहाली « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जापानमा नवनिर्वाचित प्रधानमन्त्री सुगाद्वारा पदवहाली


१ आश्विन २०७७, बिहिबार


टोकियो । जापानका नयाँ प्रधानमन्त्री योशीहिडे सुगाले बिहीबार देशका कार्यकारी प्रधानमन्त्रीको रूपमा पदभार सम्हालेका छन् । कार्यालयमा उपस्थित भई जिम्मेवारी सम्हालेपछि उनले ‘जनताको अपेक्षा पूरा गर्ने’ प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीको कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै सुगाले आफ्नो मन्त्रिपरिषद्ले कुशलताका साथ जनमतको सम्मान गर्दै अघि बढने बताए । ‘म जनताको लागि काम गर्ने र नतीजा प्राप्त गर्ने मन्त्रीमण्डल बनाएर जनताको अपेक्षा पूरा गर्न चाहन्छु,’सुगाले भने ।

पदबहालीपछि नवनिर्वाचित मन्त्रीपरिषद्का मुख्य सचिव कत्सुनोबु कातोले कोरोना भाइरस महामारीको बिरूद्ध लड्न र सङ्क्रमणलाई थप बढ्न नदिन पूर्ववत प्रशासनको मार्गलाई पछ्याउँदै अघि बढ्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस