प्रजातन्त्रको सौन्दर्य फरक विचार : अध्यक्ष थापा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रजातन्त्रको सौन्दर्य फरक विचार : अध्यक्ष थापा


१ आश्विन २०७७, बिहिबार


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रजातन्त्रलाई अझ सुदृढ बनाउन फरक विचार बोक्ने शक्ति पनि बलियो हुन आवश्यक रहेको बताएका छन् ।

उनले भने ‘प्रजातन्त्रको सौन्दर्य फरक विचार हो । यसैले प्रजातन्त्रलाई बलियो बनाउन फरक विचार बोक्ने शक्ति बलियो हुन जरुरी छ ।’ पार्टीका जिल्ला अध्यक्षसँग आज भएको भर्चुअल अन्तरक्रियामा उनले पार्टीलाई शसक्त राष्ट्रवादी प्रजातन्त्रवादी शक्तिमा रुपान्तरण गर्ने बताए ।

उनी पछिल्लो समय सामाजिक सञ्जाल मार्फत पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गरिरहेका छन् । केही दिन अघि केन्द्रीय सदस्यहरुसँग छलफल गरेका थिए । अध्यक्ष थापाले पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको आन्तरीक अवस्था एवम् भावी कार्ययोजना, कोरोनाको प्रभाव र पार्टी एकताको विषयमा बैठकमा सहभागी अध्यक्षलाई जानकारी गराएको पार्टीद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ ।

बैठकमा जिल्ला अध्यक्षले जिल्लामा जनपरिचालन गर्नुपर्ने आवश्यकतामा दिएका थिए । बैठकमा ५१ जिल्लाका अध्यक्ष सहभागी भएका केन्द्रीय सचिवालय सदस्य राजाराम वर्तौलाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस