म्याग्दी कोरोनामुक्त जिल्ला « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

म्याग्दी कोरोनामुक्त जिल्ला


१ आश्विन २०७७, बिहिबार


गलेश्वर । म्याग्दी कोरोना संक्रमणमुक्त जिल्ला बनेको छ ।

जिल्लाको क्वारेन्टिन र आइसोलेसनबाट १७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि म्याग्दी कोरोना संक्रमणमुक्त जिल्ला बनेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए।

एक महिनाअघि पनि म्याग्दी कोराना सङ्क्रमणमुक्त जिल्ला बनेको थियो । तर सरुवा भएर आएका एक जना प्रहरीमा कोरोना सङ्क्रमण देखिएपछि म्याग्दीमा पुनः कोरोना सङ्क्रमणयुक्त जिल्ला भएको थियो ।

सङ्क्रमित प्रहरीको पिसिआर परीक्षणको नतिजा बुधवार नेगेटिभ आएपछि म्याग्दी पुनः कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको छ ।

प्रजिअ अधिकारीका अनुसार आइसोलेसनमा रहेका एक मात्र सङ्क्रमित प्रहरी जवानको पनि पिसिआर रिपोर्ट नेगेटिभ आएकाले यो जिल्ला कोरोना सङ्क्रमणमुक्त भएको हो । समुदायस्तरमा सङ्क्रमण फैलिन नदिन म्याग्दीमा उच्च सर्तकता अपनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस