भारतका केन्द्रीय मन्त्री नितिन गड्करीलाई कोरोना संक्रमण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भारतका केन्द्रीय मन्त्री नितिन गड्करीलाई कोरोना संक्रमण


१ आश्विन २०७७, बिहिबार


नयाँदिल्ली । भारतका केन्द्रीय यातायात मन्त्री नितिन गड्करीलाई कोरोना भाइरस सङ्क्रमण भएको छ ।

उनले आफू कोरोना भाइरसबाट सङ्क्रमित भएको सामाजिक सञ्जालबाट जानकारी दिएका छन् ।

उनले पछिल्लो समयमा आफ्नो सम्पर्कमा आएकाहरुलाई तत्काल स्वास्थ्य परीक्षण गर्न र सतर्कता अपनाउन पनि आह्वान गरेका छन् ।

‘मैले हिजो कमजोर महसुस गरेँ, अनि मैले चिकित्सकसँग परामर्श गरेँ, अनि कोरोना परीक्षण गर्दा कोरोना भाइरसबाट सङ्क्रमित भएको नतिजा आयो,’ उनले बुधबार सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

उनले थप लेखेका छन्, ‘भगवानको कृपा र तपाईहरु सबैको सुभेच्छाले मलाई अहिले धेरै निको भइसकेको छ, म अहिले आराम महसुस गरिरहेको छु ।’

 

Tags :
प्रतिक्रिया दिनुहोस