विराटनगर । विराटनगरमा कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ ।
कोशी अस्पताल विराटनगरको आइसोलेसनमा भर्ना भएका विराटनगर महानगरपालिका( ६ का ६६ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।
बुधबार राति करिब ११ बजे भर्ना भएका उनको १२ बजे मृत्यु भएको थियो । मृत्यु पश्चात जाँच गर्दा बिहीबार बिहान पोजेटिभ रिपोर्ट आएको हो ।
कोशी अस्पताल आइसोलेसन संयोजक डाक्टर लक्ष्मीनारायण यादवका ६६ वर्षीय पुरुषलाई गम्भीर अवस्थामा बुधबार राति ११ बजे कोशी अस्पताल भर्ना गरिएको थियो । आइसोलेसनमा भर्ना भएको करिब १ घण्टापछि मृत्यु भएको थियो । मृत्यु पछि बिहीबार बिहान पोजेटिभ रिपोर्ट आएको हो ।
यससँगै विराटनगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ ।