काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः दोस्रो कार्यकाल नियुक्ति दिनुपर्ने बताएका छन्।
बुधबार ट्वीटरमार्फत संयोजक मिश्रले धेरै अन्तर्राष्ट्रिय संस्थामा २ वर्षको करारसेवा दिइने भन्दै कुलमानलाई पनि पुनः नियुक्त गर्न माग गरेका हुन् ।
‘राम्रो काम गरेर नियमले नरोक्ने भए त्यसलाई खुसीसाथ नवीकरण गरिन्छ। विज्ञापन गर्छौँ, तिमीले फेरि निवेदन देऊ भनिँदैन’, उनले भने, ‘‘कुलमानजीले त असाधारण काम गरेका हुन्।
त्यस्तै उनले कुलमानले असाधारण काम गरेको बताए । उनलाई दोस्रो कार्यकाल नदिनु भैष्ट राजनीतिको नमूना भएको बताए । ‘कुलमानजीले त असाधारण काम गरेका हुन् । उनलाई दोस्रो कार्यकाल नदिनु पद्दति होइन भ्रष्ट राजनीतिको चरम नमूना हो’, उनले भनेका छन् ।
धेरै अन्तर्राष्ट्रिय संस्थामा २ वर्षको करारसेवा दिइन्छ। राम्रो काम गरे र नियमले नरोक्ने भए त्यसलाई खुशीसाथ नविकरण गरिन्छ। “विज्ञापन गर्छौँ, तिमीले फेरि निवेदन देऊ” भनिँदैन। कुलमानजीले त असाधारण काम गरेका हुन्। उनलाई दोस्रो कार्यकाल नदिनु पद्दति होइन भ्रष्ट राजनीतिको चरम नमूना हो।
— Rabindra Mishra (@RabindraMishra) September 16, 2020