नेपालमा ह्वात्तै बढ्यो प्याजको मूल्य « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपालमा ह्वात्तै बढ्यो प्याजको मूल्य


प्रशासन संवाददाता

३० भाद्र २०७७, मंगलबार


काठमाडौँ । नेपालमा प्याजको मूल्य ह्वात्तै बढेको छ । भारतले प्याजको निर्यात रोकेपछि नेपालमा मूल्य वृद्धि भएको हो।
व्यापारीहरूले भारतबाट प्याज नआएपछि नेपालमा मूल्य बढेको बताएका छन् । भारतबाट आउने प्याज भदौ २९ गतेदेखि नआएको व्यापारीहरूको भनाइ छ ।

भन्सार विभागका महानिर्देशक सुमन दाहालले पनि भारतले प्याज निर्यात रोकेको बताएका छन् । स्टोर गरी राखिएको प्याज पनि व्यापारीहरूले महँगो मूल्यमा बेच्न थालेका छन् । सधैंझै प्रति किलो प्याज ४० रुपैयाँमा मिल्ने गरेकोमा आज प्रति किलो प्याज रु ८० भन्दा बढीमा बिक्री भइरहेको छ ।

यसअघि पनि सन् २०१९ मा पनि भारत सरकारले प्याजको निर्यात बन्द गरेपछि नेपालमा प्याजको मूल्य वृद्धि हुँदा स्टकमा रहेको व्यापारीहरूको प्याज पनि कुहीएको थियो ।

प्रतिक्रिया दिनुहोस