२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अख्तियारले तामेलीमा राखेका आधा दर्जन भ्रष्टाचारका फाइल खोल्न ट्रान्सपरेन्सी नेपालको माग

अ+ अ-

काठमाडौँ । भ्रष्टाचारको विरुद्धमा खबरदारी गर्दै आएको संस्था ट्रान्सपरेन्सी इन्टरनेसनल, नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तामेलीमा राखेका छ वटा भ्रष्टाचार प्रकरणको अनुसन्धान गर्न माग गरेको छ ।

ट्रान्सपरेन्सी नेपालले आइतबार विज्ञप्ति जारी गर्दै आयल निगमको जग्गा खरिद प्रकरण, वाइड बडी जहाज खरिद प्रकरण, न्यारो बडी जहाज खरिद प्रकरण, नेपाल ट्रस्टको जग्गाहरू यति कम्पनीलाई लिजमा दिएको प्रकरण, सेक्युरिटी प्रेस खरिद सम्बन्धमा तत्कालीन मन्त्रीको अडियो प्रकरण र स्वास्थ्य सामग्री खरिदमा ओम्नी समूहद्वारा गरिएको व्यापक अनियमितता सम्बन्धी प्रकरणका मुद्दाहरूमा अविलम्ब अनुसन्धान प्रक्रिया सम्पन्न गरी दोषीहरू कारबाही गर्न माग गरेको हो ।

‘निष्पक्षता र निर्भीकता पूर्वक आफ्नो संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आयोगले सत्तापक्षको दबाब र प्रभावमा परी राजनीतिक नेतृत्वहरूको संलग्नता, निर्देशन वा संरक्षणमा हुने ठुला भ्रष्टाचारका मुद्दाहरू नचलाउने गरी तामेलीमा राख्दै जाने हो भने आयोगको औचित्य पुष्टि गर्न गाह्रो पर्ने देखिन्छ’ आयोगका प्रमुख आयुक्त नवीन घिमिरेको कार्यकाल सकिएकै दिन जारी विज्ञप्तिमा भनिएको छ, ‘‘ बढी रकम हिनामिना गर्ने गराउने व्यक्तिहरूलाई ठाडै उन्मुक्ति दिने गरी मुद्दाको फाइल बन्द गरी तामेलीमा राख्नुको पछाडि आयोगका पदाधिकारीहरूको कार्यक्षमता र इमानदारितामा मात्र होइन नियतमा गम्भीर प्रश्नहरू उठेका छन् ।’

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शुक्रवार मात्रै अख्तियारका वर्तमान र पूर्व पदाधिकारीमाथि छानबिन गर्नुपर्ने माग गर्दै विज्ञप्ति जारी गरेका थिए । भ्रष्टाचारका ठुलठुला काण्डमा संलग्नहरूलाई जोगाउन अख्तियार नै लाग्न थालेको बताउँदै पूर्व प्रधानन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको माग राखेका थिए ।

सम्बन्धित समाचार : अख्तियारका पदाधिकारीमाथि छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन माग

पछिल्ला केही समययता अख्तियारको कामकारबाहीबारे नागरिकस्तरबाटै असन्तुष्टि व्यक्त हुँदै आएका छन् । स साना कर्मचारीलाई समातेर मुद्दा चलाउने आयोगले ठुला भ्रष्टाचारीहरूलाई उन्मुक्ति दिएर चोख्याउने काम गर्ने गरेको आरोप आयोगमाथि छ । प्रमुख आयुक्त नवीनकुमार घिमिरे आइतबार घर जाँदै गर्दा उनले गरेका पछिल्ला निर्णयहरुबारे आम सञ्चारदेखि सामाजिक सञ्जालसम्मै विरोध भएको छ ।

प्रतिक्रिया दिनुहोस