कोरोनामुक्त भए काठमाडौं महानगरका मेयर शाक्य « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कोरोनामुक्त भए काठमाडौं महानगरका मेयर शाक्य


२८ भाद्र २०७७, आइतबार


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमण मुक्त भएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि सोल्टी होटलस्थित आइसोलेसनमा बसेका मेयर शाक्य आइतबार अपरान्ह भोटेबहालस्थित निजी निवासमा फर्किएका छन् ।

उनी श्रीमतीसँगै आइतबार घर फर्किएका थिए । भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमै बसेको बताएका थिए । यद्यपि उनी सोल्टी होटलको आइसोलेसनमा बसेको महानगरपालिका स्रोत बताउँछ ।

मेयर शाक्य केही दिन आराम गरेर नियमित काममा फर्किने उनको निजी सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस