बुटवलको कोरोना विशेष अस्पतालमा एक संक्रमितको मृत्यु « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

बुटवलको कोरोना विशेष अस्पतालमा एक संक्रमितको मृत्यु


प्रशासन संवाददाता

२६ भाद्र २०७७, शुक्रबार


बुटवल । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक जना संक्रमितको मृत्यु भएको छ ।

नवलपरासी पश्चिमको सुस्ताका ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको विज्ञप्तिमा उपचाररत सुस्ता गाउंपालिका–५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको जनाइएको छ ।

भदौ १९ गते कोरोना पोजेटिभ रिपोर्ट आएपछि अस्पताल भर्ना भइ आईसीयूमा उपचाररत उनको शुक्रबार बिहान ११ बजे मृत्यु भएको हो । मृतक पुरुषमा कलेजो, मधुमेह र उच्च रक्तचापको समस्या रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस