पर्यटनमन्त्री र अस्ट्रेलियाका राजदूत बिच भेटवार्ता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पर्यटनमन्त्री र अस्ट्रेलियाका राजदूत बिच भेटवार्ता


२३ भाद्र २०७७, मंगलबार


काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र नेपालका लागि अस्ट्रेलियाका राजदूत पीटर वडबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा मंगलवार भएको बिदाइ भेटका अवसरमा राजदूतले नेपाल बसाइँ अत्यन्त सुखद स्मरणीय भएको, यो कार्यकाल भित्र नेपालका थुप्रै स्थानको भ्रमण गर्ने अवसर मिलेको, र यसबाट नेपालको भौगोलिक, सामाजिक, साँ:कृतिक एवं पर्यटकीय सम्पदाहरूको नजिकबाट अनुभव गर्ने अवसर प्राप्त भएको उल्लेख गदै कोरोना भाइरसले सृजना गरेको विकराल समस्याका बिच लकडाउनमा नेपालका विभिन्न जिल्लाहरूमा अड्किएका अस्ट्रेलियन नागरिकहरूलाई सकुशल उद्धार गरी नेपाल वायुसेवा मार्फत स्वदेश पठाउने व्यवस्था गरेकोमा मन्त्री भट्टराईलाई धन्यवाद तथा कृतज्ञता व्यक्त गरेका थिए ।

उनले नेपालको पर्यटन विकासमा अस्ट्रेलियाको पूर्ण सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।

मन्त्री भट्टराईले नेपाल र अस्ट्रेलियाको बिचमा हवाई सम्झौता भई सकेको र उद्धार उडान सफलतापूर्वक सम्पन्न भएकोले निकट भविष्यमा नै सिधा हवाई सम्पर्क स्थापित हुने विश्वास व्यक्त गरेका थिए ।

मन्त्री भट्टराईले अस्ट्रेलियामा नेपालको पर्यटन प्रवर्धनमा राजदूतको सहयोगको अपेक्षा गरेका थिए । राजदूत वडले आफ्नो तीन बर्से कार्यकाल पुरा गरी स्वदेश फर्कनु अघि मन्त्री भट्टराईसँग बिदाइ भेट गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस