२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीहरूले आफूलाई समयानुकूल ढंगले रूपान्तरण गर्न जरुरी -प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारीहरुमाथि लाग्ने गरेका तमाम आरोपहरूलाई चिर्दै पेसागत मूल्यमान्यता र निष्ठालाई आत्मसात् गरी उच्च नैतिक आचरण र व्यवहार मार्फत सेवा प्रदान गर्न प्रत्येक निजामती कर्मचारीहरूले आफूलाई समयानुकूल ढङ्गले रूपान्तरण गर्न जरुरी रहेको बताएका छन् ।

निजामती सेवाले कानुनी रूपमा संस्थागत स्वरूप लिएको दिनलाई आधार मानी प्रत्येक वर्ष भदौ २२ मा मनाइने निजामती सेवा दिवसका अवसरमा सबै निजामती कर्मचारीलाई बधाई दिँदै प्रधानमन्त्री ओलीले निजामती सेवाका संरचनाहरूलाई संघीय शासन व्यवस्था अनुरूप रूपान्तरण गरी तीनै तहबिच संरचनागत, कार्यगत र भावनात्मक अन्तरसम्बन्धलाई संस्थागत गर्नुपर्ने आवश्यकता रहेकोसमेत बताएका छन् ।

कर्मचारीले स्वच्छ आचरण र उच्च नैतिक मनोबलका साथ राष्ट्रिय एकताको भावधारामा एकताबद्ध हुँदै सुशासन र विकासको बाटोमा अग्रसर हुनु जरुरी रहेकोसमेत प्रधानमन्त्री ओलीले बताएका छन् । आफ्नो दक्षता अभिवृद्धि गर्न र देशको विकास एवम् जनताको सेवामा निष्ठापूर्वक समर्पित हुनसमेत प्रधानमन्त्री ओलीको जोड छ ।

‘यति बेला समस्त कर्मचारीले स्वच्छ आचरण र उच्च नैतिक मनोबलका साथ राष्ट्रिय एकताको भाव धारामा एकताबद्ध हुँदै सुशासन र विकासको बाटोमा अग्रसर हुनु जरुरी छ’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यसका लागि आफ्नो दक्षता अभिवृद्धि गर्न र देशको विकास एवं जनताको सेवामा निष्ठापूर्वक समर्पित हुन समेत जरुरी छ ।’

जनतामा सार्वभौमसत्ता रहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली जो जहाँ छौँ त्यहीबाट सफल पार्नुपर्ने अवस्थारहेकोसमेत उनले बताएका छन् ।

निजामती कर्मचारीमा उच्च नैतिक आचरण र पेसागत निष्ठामार्फत जनताप्रति उत्तरदायी र असल शासनको व्यावहारिक अनुभूति प्रदान गर्न सफलता मिलोस् भन्ने शुभकामना पनि प्रधानमन्त्रीले व्यक्त गरेका छन् । उहाँले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको विषम परिस्थितिलाई सामना गर्ने सिलसिलामा जीवन जोखिममा राखी अग्र भागमा खटिनुभएका राष्ट्र सेवकहरूको प्रशंसा गरेका छन् ।

नेपालको शासकीय व्यवस्थामा निजामती सेवाले आफ्नो सहभागिता जनाउँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक शासन व्यवस्थामा यसको भूमिका र जिम्मेवारी अझै गहन र व्यापक भएको बताएका छन् ।

लोकतन्त्रका लाभहरूको वितरण आम नागरिकसम्म पुर्‍याई जनताको सेवा गर्न, राज्यप्रति नागरिकको भरोसा र विश्वास अभिवृद्धि गर्न निजामती सेवाको भूमिका महत्त्वपूर्ण हुन्छ भन्दै प्रधानमन्त्री ओलीले कर्मचारीहरूले आफ्नो क्षमता अभिवृद्धि गर्ने ज्ञान, सीप, दक्षता एवम् त्यस क्षमतालाई निष्ठा र इमानदारीपूर्वक व्यवहारमा प्रदर्शन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

आज १७ औँ निजामती सेवा दिवस हो । ‘स्वच्छ र सक्षम निजामती प्रशासन : समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ यस वर्षको दिवस मनाइँदै छ । औपचारिक रूपमा वि.सं. २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको सम्झना स्वरूप यो दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस