मन्त्रिपरिषद् पुनर्गठन नहुने भन्दै ढुक्कले काम गर्न मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

मन्त्रिपरिषद् पुनर्गठन नहुने भन्दै ढुक्कले काम गर्न मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन


१९ भाद्र २०७७, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने बताएका छन् ।

शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन आफूहरुविरुद्ध गरिएको प्रचार मात्र भएको बताउँदै त्यस्तो हल्लाको पछि नलाग्न भने ।

प्रधानमन्त्री ओलीले खाली भएको ठाउँमा नयाँ मन्त्री नियुक्त गरे पनि सिङ्गो मन्त्रिपरिषद् पुनर्गठन नहुने सङ्केत गरेको स्रोतले बताएको छ ।

सत्तारुढ नेकपाको विवाद समाधानबारे सुझाव दिन गठित कार्यदलले मन्त्रिपरिषद् पुनर्गठन गर्न सुझाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस