मकवानपुरमा करेन्ट लागेर युवकको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मकवानपुरमा करेन्ट लागेर युवकको मृत्यु


१९ भाद्र २०७७, शुक्रबार


वाग्मती । घरको पङ्खा चलाउन तार जोड्ने क्रममा करेन्ट लागेर मकवानपुर, मनहरि गाउँपालिकाका २४ वर्षीय युवकको आज बिहान मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मनहरि– ६ स्थित आफ्नो घरमा करेन्ट लागेर ओमकुमार मोक्तानको घटनास्थलमा नै मृत्यु भएको हो ।

घटनाको जानकारी हुनासाथ इलाका प्रहरी कार्यालय मनहरिबाट प्रहरी टोली त्यहाँ पुगेको र शव परीक्षण गर्न हेटौँडा अस्पताल पठाएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस