डा. केसीलाई ‘माथिको आदेश’ भन्दै औषधि किन्न पनि अवरोध « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

डा. केसीलाई ‘माथिको आदेश’ भन्दै औषधि किन्न पनि अवरोध


१९ भाद्र २०७७, शुक्रबार


जुम्ला । डा. गोविन्द केसीलाई औषधि किन्नसमेत अवरोध गरिएको छ । सत्याग्रह स्थगित गरेपछि स्वास्थ्य शिविर चलाउन गाउँ जान थालेका शुक्रवार बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सुरक्षाकर्मीले ‘माथिको आदेश’ भन्दै फार्मेसीमा पस्न नदिएर अवरोध गरेका हुन् ।

हाड जोर्नीसम्बन्धी दुई प्रकारको औषधि बाहिर नपाउने र प्रतिष्ठानको फार्मेसीमा मात्र पाउने भएकाले लिन जाँदा रोकिएको डा. केसीले बताए । कोरोना सङ्क्रमणमा सबैको आग्रहमा सत्याग्रह रोकेपछि सिञ्जा, पातारासीलगायत क्षेत्रमा जाने योजना बनाएको र रित्तै जानुभन्दा बिरामीका लागि औषधि लगेर जान लाग्दा भित्रै पस्न नदिएको उनको भनाई छ ।

विगत २ महिनादेखि कर्णालीमा रहेका डा. केसीलाई स्थानीय तह र प्रशासनले बिरामीको उपचार र स्वास्थ्य परीक्षणमानसमेत अवरोध गर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस