ट्राफिक प्रहरी जवानमाथि निर्घात कुटपिट (भिडियोसहित) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ट्राफिक प्रहरी जवानमाथि निर्घात कुटपिट (भिडियोसहित)


१८ भाद्र २०७७, बिहिबार


काठमाडौँ । ड्युटीमा खटिएका ट्राफिक प्रहरी जवान निर्घात कुटिएका छन् । ललितपुरको पुलचोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपपछि युवाहरूको समूहले एक जना ट्राफिक प्रहरी जवानमाथि निर्घात कुटपिट गरेका हुन् ।

प्रशासनको निषेधाज्ञाका बिच केही युवाहरूले मत्स्येन्द्रनाथको रथ तान्नथालेसँगै ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले निषेधाज्ञामा गरिएको रथ यात्रा रोक्न महानगरीय प्रहरी कार्यालय, ललितपुरलाई निर्देशन दिएका थिए । सो क्रममा प्रहरीले भिडलाई तितरबितर पार्न पानीको फोहोरा र अश्रुग्याँस हानेको थियो ।

सोही क्रममा कार्यक्षेत्रमा रहेका ट्राफिक प्रहरीका जवानलाई केही युवाले निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । भाग्दै गरेका एक्ला ट्राफिक जवानलाई दजनौं व्यक्तिहरूले लखेटी लखेटी कुटपिट गरेको देखिन्छ । अलि पर रहेको प्रहरी टोली अघि बढेसँगै केहीवेरपछि एक जना प्रहरीले उनको उद्धार गरेर लगेको देखिएको छ ।

महामारीका वेला सरकारले दिने भनेको अतिरिक्त भत्तासमेत नपाई काममा खटिइरहेका प्रहरीमाथि भएको कुटपिट अमानवीय र निन्दनीय कार्य हो ।

हेर्नुस् भिडियो:

Tags :
प्रतिक्रिया दिनुहोस