२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु

अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक बिहीबार बिहान मात्र दिउँसो ३ बजेका लागि सारिएको थियो। अर्थमन्‍त्री युवराज खतिवडाको निरन्तरता तथा राष्ट्रिय सभामा मनोनयनलगायतका महत्वपूर्ण विषयमा शीर्ष नेतृत्वबीच थप छलफल आवश्यक भएको भन्दै बैठक बोलाइएको हो।

बुधबार साँझ पनि सचिवालय बैठकको एजेण्डामाथि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भएको थियो। बैठकमा राष्ट्रिय सभामा खाली रहेको पदमा मनोनयन गर्नेबारेमा सचिवालय बैठकमै छलफल गरेर निष्कर्षमा पुग्ने अध्यक्षद्वबीच सहमति भएको छ।

राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभा सदस्यका लागि अर्थमन्त्री डा. खतिवडा वा उपाध्यक्ष वामदेव गौतम को हुने भन्ने बारेमा दुई अध्यक्षबीच कुरा मिल्‍न बाँकी रहेकोले बैठक सारिएको हो। प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाहालबीचको बुधबारको छलफलअगाडि बालुवाटारमै दुवै नेताले आकांक्षीमध्येका एक अर्थमन्त्री खतिवडासँग पनि अलग्गै छलफल गरेका थिए।

ओलीले युवराजलाई निरन्तरता दिन चाहे पनि अर्का अध्यक्ष प्रचण्डलगायत पार्टीका वरिष्ठ नेताहरू त्यसमा सहमत हुन सकेका छैनन्। युवराजले खासै परफरमेन्स देखाउन नसकेको भन्दै पार्टीभित्रैबाट अर्थमन्‍त्री परिवर्तन गर्नुपर्ने माग र दबाब पहिलेदेखि नै छ।

प्रतिक्रिया दिनुहोस