उपत्यकाको निषेधाज्ञा औपचारिक निर्णय भोलि « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

उपत्यकाको निषेधाज्ञा औपचारिक निर्णय भोलि


१६ भाद्र २०७७, मंगलबार


काठमाडौँ । दोस्रो पटक थपिएको निषेधाज्ञा बुधवार(भोलि) मध्य राती सकिँदै गर्दा त्यसपछिको निषेधाज्ञाबारे औपचारिक निर्णय भोलि मात्रै हुने भएको छ ।

उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञा केही खुकुलो बनाउने तयारीसहित मोडालिटीबारे छलफल गरेका छन् ।

निषेधाज्ञाको स्वरूप केही फेर्न भने तीन जिल्लाको बैठकले गृहलाई सिफारिस गरेको छ ।

निजी सवारीमा जोर बिजोर र होम डेलिभरी खुकुलो बनाउँदै अन्यलाई यथावत् राख्न सुझाव दिइएको बुझिएको छ ।

सङ्क्रमण बढ्दै गएकाले निषेधाज्ञा हटाउन नहुने बैठकको निष्कर्ष छ ।

भदौ ३ देखि जारी काठमाडौँ उपत्यकाको निषेधाज्ञा १० गते १७ गतेसम्म थप गरिएको थियो । पछिल्लो समय उपत्यकामा करिब छ हजार सङ्क्रमित पुगेका छन् । यस्तो अवस्थामा निषेधाज्ञा गरेर मात्र नभई परीक्षणको दायरा पनि बढाउनुपर्ने विज्ञको सुझाव छ ।

Tags :
प्रतिक्रिया दिनुहोस