प्रदेश मातहत नरहेका जिल्लाका अस्पताल स्तरोन्नति गरिने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रदेश मातहत नरहेका जिल्लाका अस्पताल स्तरोन्नति गरिने


१६ भाद्र २०७७, मंगलबार


वाग्मती । वाग्मती प्रदेश सरकारले आफ्नो मातहत नरहेका जिल्लामा भएका साना अस्पताललाई स्तरोन्नति गर्ने भएको छ ।

प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहमार्फत रहेका अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको हो ।

हाल प्रदेशका आठ जिल्लामा मात्र प्रदेश मातहतका अस्पताल छन् । दोलखा, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर र चितवनमा प्रदेश मातहतमा अस्पताल छैनन् ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले पर्यटन व्यवसायीको इजाजत नवीकरण तथा जरिवाना/विलम्ब दस्तूरमा छुट दिने निर्णयसमेत गरेको छ ।

बैठकले प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश राजपत्र प्रकाशनसम्बन्धी (पहिलो संसोधन) निर्देशिका २०७७ र दुग्ध पाउडर प्लान्ट निर्माणका लागि जग्गा भोगचलन गर्न बनेको विधेयक स्वीकृत गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता कैलाश ढुङ्गेलले जानकारी दिए ।

यसैगरी महिला विकास प्रशिक्षण केन्द्र ललितपुरको संरचना प्रदेश मातहत ल्याउने र प्रदेश मातहत रहने आयोजनाको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री ढुङ्गेलले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस