सहसचिवको सरुवा संशोधन हुने स्थिति नै छैन -मन्त्री त्रिपाठी « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सहसचिवको सरुवा संशोधन हुने स्थिति नै छैन -मन्त्री त्रिपाठी


१५ भाद्र २०७७, सोमबार


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले कुनै पनि हालतमा सरुवा संशोधन नहुने बताएका छन् ।

मन्त्रालयबाट सम्पादित प्रमुख कार्य तथा उपलब्धिहरू विषयमा जानकारी गराउन सिँहदरवारस्थित मन्त्रालयको हलमा आयोजित पत्रकार सम्मेलनका क्रममा मन्त्री त्रिपाठीले नियमसम्मत भएका सरुवा संशोधन नहुने प्रस्ट्याएका हुन् ।

‘निश्चित मापदण्डमा गरिएको सरुवा हो’, मन्त्री त्रिपाठीले भने, ‘संशोधन गर्नुपर्ने कुनै कारण हामीले देखेका छैनौँ ।’

मन्त्री त्रिपाठीले आफ्नो तर्फबाट सरुवा संशोधन हुने कुनै स्थिति नै नभएकोसमेत बताए । मन्त्रालयले केही मात्रै विभिन्न मन्त्रालय, निकाय तथा कार्यालयमा कार्यरत ६० जना सहसचिवको सरुवा गरेको थियो ।

सम्बन्धित समाचार : ६० सहसचिवको सरुवा

ज्येष्ठ सहसचिवहरूलाई प्रदेश मन्त्रालयको सचिवमा खटाउने र त्यहाँस्थित अवधि पुगेका वरिष्ठ सहसचिवहरूलाई संघमा ल्याएकोमा केही सहसचिवहरूले प्रदेश मन्त्रालयमा जान आनाकानी गर्दै पावर सेन्टरबाट सरुवा संशोधन गरेर संघमै बस्न खोजिरहेका छन् । यसबारे विस्तृत रिपोर्ट भोलिको प्रशासन डटकममा प्रकाशित हुनेछ ।

गत वर्ष तत्कालीन सामान्य प्रशासन सचिव यादव प्रसाद कोइरालाले प्रदेश मन्त्रालयको जग बसाउन अनुभवी सहसचिव आवश्यक रहेको भन्दै वरिष्ठ सहसचिवहरूलाई प्रदेश पठाउन सुरु गरेको थिए । यसरी जाने ज्येष्ठ सहसचिवहरूलाई खरिदार सरहको तलब बराबरको रकम करिब २५ हजार रुपैयाँ सुविधासमेत दिने निर्णय भएको थियो । सोही निर्णयलाई हालका सचिव सूर्य गौतमले निरन्तरता दिन खोजे पनि शिक्षाका केही ज्येष्ठ सहसचिवलाई सरुवा नगरी उनीहरूभन्दा कनिष्ठलाई सरुवा गरेको गुनासो प्रशासन सेवाका कर्मचारीको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस