२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेती प्रादेशिक अस्पतालमा प्लाज्मा थेरापीबाट सङ्क्रमितको उपचार गरिने

अ+ अ-

कैलाली । सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमित व्यक्तिको राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले तय गरेको मापदण्डअनुसार प्लाज्मा थेरापी विधिबाट उपचार गरिने भएको छ ।

गम्भिर खालका कोरोना सङ्क्रमित बिरामी देखिए प्लाज्मा थेरापी विधिबाट उपचार गरिने सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । प्लाज्मा थेरापी गर्न कोरोना सङ्क्रमित व्यक्ति ठिक भई पिसीआर रिपोर्ट नेगेटिभ आइसकेपछि उसको शरिरमा एन्टीबडी बनेको हुन्छ र उसको प्लाज्मा सङ्क्रमित व्यक्तिमा ट्रान्समिट गर्‍यो भने त्यसले कोरोना भाइरसलाई न्यूटिलाइज गर्ने भन्ने सिद्धान्तका आधारमा यो विधि थालिने सूचना अधिकारी श्रेष्ठले बताए ।

‘गम्भिर खालका सङ्क्रमित बिरामीलाई आइसियूमा राखेर डाक्टरको प्रत्यक्ष निगरानीमा प्लाज्मा चढाइन्छ’, श्रेष्ठले भने ,’साधारण कोरोना पोजेटिभ बिरामीलाई भने प्लाज्मा चढाइदैन ।’ उनले प्लाज्मा थेरापी विधिबाट उपचार गर्न सेती प्रादेशिक अस्पताल तयार रहेको बताए ।

उनले भने,’त्यसका लागि कोभिड– १९ मुक्त भइसकेका व्यक्तिले रगत दान गर्नुपर्ने हुन्छ र सो रगतबाट नै प्लाज्मा तयार पारी सङ्क्रमितको उपचार गरिने भएको हुँदा सङ्क्रमण मुक्त भएकालाई रक्तदानका लागि आज सूचनामार्फत आग्रह गरेका छौ ।’ यसका लागि कोरोना सङ्क्रमित लक्षणबाट मुक्त भएको दुई हप्ता पुगेको र पीसीआर पद्वतिबाट नेगेटिभ भइसकेको हुनुपर्ने मापदण्ड रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस