२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिटिइभिटीका तालिम खारेज गरिएकोमा नेविसंघको विरोध

अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) बाट सञ्चालित चिकित्सा शिक्षासम्बन्धी विषयहरु खारेज गरिएकोमा आपत्ति जनाएको छ । भावी योजना र विकल्पसमेत नदिई विगत २५ वर्षदेखि सन्चालित सीएमए, अनमी, ल्याब असिस्टेन्ट, आयुर्वेद, टी–एसएलसी र एसईई स्तरका १८ महिने तालिमहरु बन्द गरिएको भन्दै नेविसंघले आपत्ति जनाएको हो ।

नेविसंघका अध्यक्ष राजीव ढुंगानादारा सोमबार जारी विज्ञप्तिमा ‘हाल कोभिड–१९ विरुद्धको लडाइँमा फ्रन्टलाइनरको रुपमा कार्यरत सीएमए, अनमी, ल्याब असिस्टेन्टहरुलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टो उनीहरुसहित देशभर स्वास्थ्य शिक्षामा तालिमरत १२ हजार विद्यार्थीहरुलाई समेत आतंकित बनाउँदै कुनै खाका र योजनाविना नै किन बन्द गरियो ?’ भन्ने प्रश्न उठाइएको छ ।

यो निर्णयले नयाँ शैक्षिक सत्र र भर्ना तथा पठनपाठनको सम्पूर्ण तैयारी भैसकेको अवस्थामा विद्यार्थी, अभिभावक र शिक्षण संस्थामाथि ठूलो नकारात्मक असर पारेको नेविसंघको ठहर छ । यो निर्णय सरकारको गलत मनसायबाट भएको विज्ञप्तिमा उल्लेख छ । नेविसंघका अध्यक्ष ढुंगानाले भने, ‘पूर्वाधार सम्पन्न संस्थाहरुलाई अपग्रेड गर्ने सम्बन्धमा कुनै सोच नराख्ने, चलिरहेका यस्ता सिपमूलक तालिमहरु बन्द गराउने तर लेभल–१, लेभल–२ जस्ता तालिमहरुमार्फत् शुल्क असुल्ने क्रियाकलाप खराब नियत र मनसायबाट ग्रसित छ ।’

प्रतिक्रिया दिनुहोस