५ लाख ३० हजार घुस रकमसहित सिनियर इन्जिनियर अर्याल पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

५ लाख ३० हजार घुस रकमसहित सिनियर इन्जिनियर अर्याल पक्राउ


१४ भाद्र २०७७, आइतबार


बुटवल । भौतिक पूर्वाधार विकास कार्यालय बाँकेका सिनियर इन्जिनियर मनिषकुमार अर्याल घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले ५ लाख ३० हजार रुपैयाँ स्रोत नखुलेको रकमसहित अर्याललाई आइतबार पक्राउ गरेको हो ।

पूर्वाधार विकास कार्यालयका प्रमुख समेत रहेका इन्जिनियर अर्याललाई अख्तियारको टोलीले बुटवलस्थित भौतिक पूर्वाधार विकास मन्त्रालय परिसरबाट पक्राउ गरेको थियो ।

अर्याललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस