२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नाग्म पहिरो अपडेट : चारको मृत्यु, तीन जना बेपत्ता

अ+ अ-

खलङ्गा । कालीकोटको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा पहिरो जाँदा चार जानकोे मृत्यु भएको छ ।

आज बिहान ७ः०० बजे पहिरो जाँदा तीन घर पहिरामा पुरिँदा तीन जना बेपत्ता भएका छन् । स्थानीयवासी पर्याक शाहीको घर पहिराले पुरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले बताए ।

पहिरामा ४० वर्षीय पर्याक शाही, उनकी सात वर्षीया छोरी हिमा शाही, पाँच वर्षीय छोरा निराजन शाही र दुई वर्षीय छोरा अक्कल शाहीको मृत्यु भएको हो । उनीहरूको शव अपराह्न ३ः०० बजे भेटिएको प्रहरी नायब निरीक्षक ओलियाले बताए । पहिरामा परेका मृतक शाहीकी श्रीमती पुण्या शाही र अर्का एक जना अर्जुन हमालको उद्धार गरिएको छ । उद्धार गरिएकाको उपचार जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ ।

बेपत्ता तीन जनाको पहिचान खुल्न नसकेको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनास्थल जुम्ला र कालीकोट जिल्लाको सिमाना नजिक कर्णाली राजमार्गको कालीकोट सडक खण्डमा पर्दछ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जीवितै उद्धार गरिएका घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको जानकारी दिए । घटनामा के कति मानवीय क्षति भएको भन्ने एकिन विवरण आउन नसकेको उपरीक्षक धामीले बताए ।

प्रतिक्रिया दिनुहोस