कागेश्वरी मनोहराले निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कागेश्वरी मनोहराले निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने


१४ भाद्र २०७७, आइतबार


काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले नगरभित्र रहेका दीर्घरोगी, मिर्गौला, अर्बुदरोगलगायत बिरामीलाई निषेधाज्ञाका कारण समस्या भएकाले अस्पताल लैजान तथा ल्याउन निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने भएको छ ।

नगर प्रमुख कृष्णहरि थापाका अध्यक्षतामा आज बसेको नगर कार्यपालिकाको बैठकले कोरोना बीमा गर्न इच्छुक नगरवासीलाई सिफारिस र स्वास्थ्यसम्बन्धी सिफारिस निःशुल्क गर्ने निर्णय गरेको हो ।
थापाका अनुसार सबै वडामा यसअघि नै गठन गरिएको विपत् समितिलाई क्रियाशील गराई कोरोना सङ्क्रमण रोकथामका लागि आवश्यक सहयोग गर्ने निर्णय भएको छ ।

सङ्क्रमण भएको व्यक्तिको विवरण नगर स्वास्थ्य शाखाले राख्ने र पिसीआर टेष्ट गर्दा सम्बन्धितत व्यक्तिको पहिचान खुल्ने परिचयपत्रको फोटोकपी रेकर्ड अनिवार्य रुपमा राख्ने, पालिकामा सक्रिय नेपाल प्रहरीलगायतलाई आवश्यक सहयोगको व्यवस्था गर्ने, कोरोना बीमाका लागि आवश्यक परामर्श र अन्य समन्वय गर्ने तथा नगरपालिकाभित्र रहेका स्वास्थ्य केन्द्रलाई अत्यावश्यक कामका लागि पुनःसञ्चालन गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता राजाराम पुडासैनीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस