भारतमा एकै दिन ७८ हजार ७६१ संक्रमित थपिए « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

भारतमा एकै दिन ७८ हजार ७६१ संक्रमित थपिए


एजेन्सी

१४ भाद्र २०७७, आइतबार


नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको संख्या वृद्धि हुँदै गइरहेको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएका छन् ।

भारतको संघीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ७८ हजार ७६१ जना कोरोना भाइरसबाट संक्रमित भएको जानकारी दिएको छ ।

मन्त्रालयले आइतबार विहान सार्वजनिक गरेको तथ्याङ्क अनुसार योसँगै भारतका कुल संक्रमितहरुको सङ्ख्या ३५ लाख ५० हजारको नजिक पुगेको छ ।

पछिल्लो एक दिनको विवरणमा कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ९४८ रहेको उल्लेख गरिएको छ । भारतमा कोरोनाका कारण संक्रमित भएकामध्ये ७ लाख ६५ हजार ३०२ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् ।

कूल संक्रमित मध्ये २७ लाख १३ हजार ९३४ जना भने सङ्क्रमणमुक्त भइसकेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । भारतमा कोरोनाका कारण अहिलेसम्म ६३ हजार ४९८ जनाको मृत्यु भएको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ ।

कोरोना भाइरसबाट विश्वमै धेरै प्रभावित देशहरुको सूचीमा रहेको भारतमा सवैभन्दा धेरै महाराष्ट्र प्रदेश प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै अहिलेसम्म १ लाख ८५ हजार ४६७ जना सङ्क्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यसपछि धेरै आन्द्र प्रदेश, दिल्ली प्रदेश र कर्नाटक प्रदेश क्रमशः रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस