२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आवाजसँगको प्रेम !

अ+ अ-

रात करिब करिब अनिँदो बित्यो, त्यो स्वर, अनि स्वरको माधुर्यता, केही दिनअघिको फोनको कुराकानीसँगै पलाएको आत्मीयता भनौँ वा भावनात्मक सम्बन्ध जसलाई मैले आवाजसँगको प्रेम शीर्षक भित्रको ‘हेल्लो’, के छ खबर ? उप-शिर्षकले सम्बोधन गर्न पुगेछु।

निकै समयपछि मोबाइलको घण्टी बज्यो, मलाई कसको होला भन्ने सहजै अनुमान भयो । किनकि, त्यो समय अनि फोनकल अब मेरा लागि नौलो थिएन अर्थात् भनौँ म त्यसैको प्रतीक्षामा थिए। म चिया पिउँदै थिएँ, बिहानको। वातावरण शून्य नै थियो। राती सुत्दा मोबाइल फोन ओछ्यानबाट निकै टाढा राखी सुत्ने, अनि प्राय: झन् रातको ९ बजेपछि फोनतिर त्यति ध्यान नदिने मलाई आजकल फोन ओछ्यानकै छेउमा राखी सुत्ने आदत नै लागिसक्यो भन्दा फरक नपर्ला। आएको फोनकल हेर्दै हतार हतार स्किन टच मोबाइलको हरियो बत्तीतिर हात बढाए, फोन रिसिभ गरे, आवाज आयो ‘हेल्लो’, के छ खबर ? हुन त मैले विगतमा धेरैभन्दा धेरै व्यक्तिहरूसँग फोन वार्तालाप गरे हुँला, धेरैको आवाज सुने हुँला, धेरैसँग मीठो नमिठो जे-जस्तो भए पनि बोले हुँला। तर, वास्तवमा उसको त्यो फोनकल पछिको ‘हेल्लो’, के छ खबर ? शब्द मेरो मानसपटलमा सायद यति मीठो अनि दृढ भई बस्यो कि जति बेला पनि जस्ताको तस्तै ताजै वा मैले मानौँ रिफ्रेस गरिराछु जस्तै बज्छ।

मैले मेरा दैनिक क्रियाकलापहरूमा निकै फरकपन आएको अनुभूति गर्दै छु आजकल। मोटरसाइकलमा होस् या सार्वजनिक यातायातमा; मैले दिनहुँ हिँड्ने त्यो बाटो नापेको धेरै भयो, अर्थात् सयौँ पटक नापेको छु। यहाँका सडकछेउका थपक्क परेका वान्कीहरु जहाँ बर्खायाममा भ्यागुताहरूका अग्रजहरूको कन्सर्ट हुन्थ्यो अनि सुनिन्थ्यो निकै। ती सबै याद थिए मलाई। तर, पछिल्ला दिनहरूमा सबै कता हराए कता। किनकि, मेरा एकतर्फी जिज्ञासाहरूले कतै नयाँ ढोका खोल्ने बाटो पो सृजना गर्दैछन् कि ? कताकता बदलिएको त म पो हुँ जस्तो लाग्दै आएको छ। दुनियाँ बदलिन्छ, मान्छे बदलिन्छन्, मान्छेले आफ्नो बानी व्यवहार समयानुसार बदल्छ अरे भन्ने सम्म सुनेको थिए।आज आएर थाहा हुन लागेको छ साँच्चिकै हो कि क्या हो ?

मैले उसलाई कुनै कामको सिलसिलामा तीन पटक भेटेको रहेछु। तर, म आफ्नो कार्य व्यस्ततामा हो वा कुनै इन्ट्रेष्ट नराखेर हो थाहा छैन; कुनै वास्ता गरेको रहेनछु, दुई पटक सम्म त। तर, उसले मलाई तीनै पटक भेटेको रहेछ, अनि तीनै पटक वाच गरेको रहेछ, पछि उसैले सुनाउँदा थाहा पाएँ मैले। तर, चाखलाग्दो अनि स्वादिलो कुरा के रहेछ भन्दा, मैले उसलाई तेस्रो पटक चाहिँ साँच्चिकै वाच गरेको थिएँ। मैले उसलाई मेरो तर्फबाट पहिलो पटक भेटेको जस्तो मानेको थिए। अनि उसले पनि त्यसै दिन मेरो बारे जान्न चाहेछ। त्यो स्मृति आज पनि म सम्झन्छु।

केही समय अगाडी मेरो मुहार पुस्तिका (फेसबुक) मा साथी बन्ने अनुरोध र त्यसै पूस्तिकाको मेसेजमा, सर हजुर नमस्कार ! लेखेको नोटिफिकेशन अनि मेसेज आयो। मैले त्यो नोटिफिकेशन केही दिनपछि मात्रै हेरेको रहेछु। जवाफमा मैले ‘हजुर चिनेँ’ भनी रिप्लाई गरे। यो मेरो र उ बिचको मुहार पुस्तिकाको पहिलो पटकको ‍औपचारिक कुराकानी थियो। तर, यो कुराकानी कुन बेलादेखि अनौपचारिकतामा परिणत भयो पत्तै पाइन। करिब एक महिनापछि मेरो मोबाइलमा एक अपरिचित नम्बरबाट फोन आयो। म घर नजिकैको चिया पसलमा चिया पिउँदै थिएँ। मैले ‘हजुर’ भन्दै फोन रिसिभ गरे, आवाज आयो ‘हेल्लो’ अनि सँगै जोडिएर ‘के छ खबर ? यो आवाज मेरो कानमा आजसम्म पनि गुञ्जिरहेको छ। मानौँ कि म अहिले पनि कुरा गरिरहेको छु, जस्तो गरी। त्यतिबेला सुरुमा बोलेको उसको आवाज झुक्किएर फेरी अहिले पनि बोलेको हो कि, जस्तो लाग्छ फोनमा ऊसँग कुरा नहुँदा पनि। उसको नम्बर त्यै भएर पनि म धेरै पटक डायल गर्ने र काट्ने गरेको छु, आजकल। किनकि, मैले जतिबेला उसको मोबाइल नम्बर डायल गर्छु, आफ्नो मोबाइलमा। मेरो कानमा त्यहीँ ध्वनि अर्थात् मेरो ‘आवाजसँगको प्रेम’वाला ध्वनि ‘हेल्लो’ के छ खबर ? गुञ्जिन्छ।

उसको र मेरो प्राय: दिनहुँ गफ भइरहेकै हुन्छ, तर नियमित गफसँगै कुनै दिन हामी घण्टौँ गफिनेछौँ भन्ने कुरा मैले अनुभव गरे; पहिलोपल्ट त्यो घण्टौँको रात करिब करिब अनिँदो बित्यो जब, त्यो स्वर, अनि स्वरको माधुर्यता, केही दिनअघिको फोनको कुराकानीसँगै पलाएको आत्मीयता भनौँ वा भावनात्मक सम्बन्ध जसलाई मैले आवाजसँगको प्रेम शीर्षक भित्रको ‘हेल्लो’, के छ खबर ? उप-शिर्षकले सम्बोधन गर्न पुगेछु।

आवाजसँगको प्रेमको सुरुको दिन साँझको गफपछि नयाँ बिहानी हुन युगौँ सरि लाग्यो मलाई। अर्थात्, लाग्छ म पहिलोपल्ट कसैको आवाजमा पग्लिएर आवाजसँग प्रेममा पो डुबेछु। म बेला बेला सम्झिन्छु कि मसँग उसको आवाजको सम्बन्ध अनि त्यसपछिको भावनात्मक सम्बन्ध आउनु एउटा संयोग थियो। सायद भगवानले नै त्यो संयोग मिलाएका थिए कि’उसको सुरुको आफ्नो फोन कलमा आफूलाई जसरी चिनाउने तरिका अनि पछिल्ला वार्तालापहरूमा पोखिएका विनम्र भाव मैले यो भन्दा अघि सुनेको थिएन वा भए पनि कुनै वास्ता गरेनछु। जेहोस् मैले वास्ता नगरेकै राम्रो भो मेरा लागि। नत्र म यो आवाजसँगको प्रेममा कहाँ हुन्थे होला र ?

खासमा म मेरो आफ्नो मार्ग अनि बानी व्यवहारमा निकै अडिग थिएँ। जसको उदाहरणमा एकपल्टको कैलाली बस्दाको रोचक प्रसङ्ग सम्झिन्छु। यो रोचक कुरा के थियो त भन्दा म स्नातक पढ्दा म बस्ने घरमा म सँगै पढ्ने भए पनि मभन्दा सिनियर दाइहरू हुनुहुन्थ्यो। उहाँहरूलाई म दाइले सम्बोधन गरेतापनि दाइभन्दा दोस्ती ज्यादा थियो। म क्रिकेट खेल्न रुचाउँथे र कहिलेकाहीँ उहाँहरूसँग खेल्न पनि जान्थे। एक दिन मलाई उहाँहरूमध्ये एक जना दाइले ‘भाइ खेल्न जाऊँ’ भन्नुभयो। अरुबेला म खेल्न ज्यादै रुचाउने भए पनि स्नातक तहको अन्तिम परीक्षा आउन केही दिन मात्र बाँकी भएकोले मलाई खेलभन्दा पढाई ज्यादा महत्त्वपूर्ण लागेको थियो।परीक्षाको तनावले होला त्यो दाइले ‘भाइ जाऊँ खेल्न’ भन्दाखेरि मैले रिसाएर ‘म खेल्न आएको हो यहाँ? पढ्न आएको हो पढ्न’ भन्ने जवाफ दिएछु। त्यो जवाफ अहिलेसम्म मलाई हाँस्दै सुनाउनुहुन्छ त्यो दाइले। यसको मतलब के थियो भने म कुनै लक्ष्य लिएर शहर हिँडेको र आजसम्म मलाई त्यो लक्ष्यभन्दा अन्यत्र अल्झिनु हुन्न भन्ने लाग्थ्यो। कुनै पनि मान्छे आफ्नो लक्ष्यमा पुग्न लक्ष्य अनुसारको लक्षण हुनुपर्छ भन्ने सिद्धान्तको पिछा गर्दै यहाँसम्म आएको मलाई अर्को सपोर्टको रूपमा आएको त्यो आवाजसँग मेरो साँच्चिकै प्रेम पो हुन थालेछ जस्तो लाग्दै छ। सायद बाँकी लक्ष्य पूरा गर्न हो कि ?

कुराकानी हुँदै गर्दा ऊसँगका मेरा हरेक फोन संवादहरूसँगै म ऊतिर खिचिँदै छु। अर्थात् साँच्चिकै भन्ने हो भने म उसको आवाजसँग मोहित भएकै रहेछु जस्तो लाग्छ। यो नै मेरो जीवनमा प्रेमको पहिलो अनुभव थियो,’ जुन मैले उसलाई यो लेखको बिट मार्नुअघि नै सुनाइसकेको छु। जुन सुनाउँदा उसको प्रतिक्रिया ‘दिदी अपोजिट विल बि ट्रिउ’ थिएन। जुन मेरो हालसम्मको एक सर्वाधिक खुसी थियो। उसको आवाज अनि रूपरेखासँग म कतिबेला बलिउडका चर्चित हस्तीहरूसँग कल्पना गरी उसको रूपरेखा मिल्छ वा भनौँ मिलाउँथे। अर्थात्, कुनै गीत नै किन नहोस् उसलाई तुलना गर्दै पटाउँथे। म उसलाई आवाजमै जिस्काउने प्रयासमा कति बेला निकै हाँस्दै बोल्दा उसले रिसाएको जस्तो गरे तापनि मैले उ रिसाएको कहिल्यै अनुभव गरिन।पछिल्लो गफमा उसले आफू निकै बेर रिसाउन नसक्ने अर्थात् आफूले रिसलाई लामो समयसम्म नराख्ने भन्ने कुराले उ रिसाएको छैन भन्ने सम्झिने मेरो कल्पना वास्तविक रूपमा सही भएछ।

उसको आवाजसँगको प्रेमको निरन्तरताले मलाई मेरा स-साना कुरामा ध्यान दिन वा मानसपटलमा कैद गर्न आफैलाई गाह्रो लाग्थ्यो अर्थात् मैले ध्यानै पुर्‍याएको थिएन त्यो दिनसम्म। तर, उसले आजकाल मलाई मेरा स-साना कुराहरूमा पनि निकै ध्यान पुर्‍याउने बनाएको छ।रमाइलो प्रसङ्ग त के भने मैले ‘आइज आर वेटर द्‍यान क्यामेरा’ भन्दै ठट्टामा कुनै रमाइलो पलहरूको फोटोसम्म लिन वास्ता नगर्ने मलाई आजकल आफूले गरेका हरेक क्रियाकलापहरूको फोटो खिच्ने अनि उसलाई तुरुन्तै पठाउने बनाएको छ। बिहानको चियादेखि दिनभरिका क्रियाकलाप हुँदै साँझ निदाउनु अघि सम्मका हरेक क्रियाकलाप आजकल म मेरो फेसबुकको ‘एड योर स्टोरी’ मा राख्ने अनि उसलाई पठाउने सम्म भएको छु।

म यो आवाजसँगको प्रेम भन्दा पहिला प्राय: कसैले भावनात्मक कुराहरू गर्दा हाँस्दै हावामा उडाएको जस्तो गर्थे अर्थात् कतिपय कुराहरूको जवाफ नै दिँदैनथे। तर उसको आवाजले मात्रै म किन भावनावादी भए पत्तो पाइन। मैले यसअघि प्रशासन डटकम २३ मे २०२० मा ‘एक चिया प्रेमी कर्मचारी’ शीर्षकमा लेखेको लेखमा मैले कल्पना गरेको मान्छे अर्थात् ‘उ’ अब साँच्चिकै उ नै हो भन्नेमा मलाई अब कुनै सफाइ दिइरहनु पर्दैन जस्तो लाग्दै आएको छ। अनइजी नहुँदा बाहेकको समयमा मसँग प्रत्येक कुरामा निकै मज्जाले हाँस्ने अनि आफ्ना कुरा ढुक्कले प्रस्तुत गर्ने उ आफ्नो कार्य जिम्मेवारीमा भने निकै अडिग छ। तर, व्यक्तिगत एवं भावनात्मक रूपमा निकै कोमल हृदयको पाएँ मैले उसलाई। किनकि, म सामान्य बिरामी भएको समेत उसले सजिलै थाहा पाएर ‘कस्तो अपसेट भको’ ? भन्ने मेसेज मलाई तुरुन्तै पठाएको याद छ मलाई। जुन मेसेजले मेरो अपसेट एक छिनमै आधा हुन्छ। म रिफ्रेस हुन्छु एकै छिनमा किनकि, उसको आवाजसँगको प्रेमले होला सायद। हेल्लो, के छ खबर ?……………………

[email protected]

प्रतिक्रिया दिनुहोस