संघ, प्रदेश र स्थानीय तहका अस्पतालमा ६ हजार श्यया थप « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

संघ, प्रदेश र स्थानीय तहका अस्पतालमा ६ हजार श्यया थप


१२ भाद्र २०७७, शुक्रबार


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस रोकथाम तथा उपचारका लागि संघ, प्रदेश र स्थानीय तहमा करीब ६ हजार २०२ श्यया थप गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरसको उपचार गर्नका लागि तीन वटै सरकार मातहतका अस्पतालमा ६ हजार २०२ श्यया थप गरेको जानकारी दिए । उनका अनुसार केन्द्रीय अस्पतालमा एक हजार श्यया र प्रादेशिक अस्पतालमा एक हजार ९५७ श्यया थप गरेको छ । यस्तै मन्त्रालयले अस्पताल नभएका ६४९ स्थानीय तहमा पनि जनशक्तिसहित अस्पताल बनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले ती हरेक स्थानीय तहमा पाँच श्यया अस्पताल बनाएको जानकारी दिए । यसरी पाँच श्ययाको अस्पताल बनाउँदा तीन हजार २४५ श्ययाको थप गरिएको छ ।

यस्तै मन्त्रालयले आज थप तीनवटा अस्पतलालाई कोरोना भाइरस अस्पतालमा सूचीकरण गरिएको छ । वीरगञ्जको नेसनल मेडिकल कलेज, काठमाडौँका कान्तिपुर अस्पताल र जनमैत्री अस्पताललाई कोरोना भाइरस अस्पतालमा परिणत गरिएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस