२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्यकर्मीले पाउने सुविधामा विभेद हुँदैन : मन्त्री ढकाल

अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्यकर्मीले पाउने भत्ता सुविधाका विषयमा आएका गुनासो सम्बोधन गरिने बताएका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रणको काम थप प्रभावकारी बनाउने विषयमा आज विभिन्न संस्थाका प्रतिनिधिसँग मन्त्रालयमा छलफल गर्दै उनले भने, ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा काम गर्ने कुनै पनि कर्मचारीलाई प्रोत्साहन भत्ता र बीमामा विभेद गरिने छैन् ।’

मन्त्री ढकालले काम गर्ने क्रममा केही कमजोरी भएका भए त्यसलाई सुधार गरेर अघि बढ्न सकिने बताउँदै कतिपय अवस्थामा बनिसकेको कार्यविधि वा निर्देशिकामा पनि त्रुटि रहेको र त्यस्ता विषय सच्याइने जनाए । उनले चिकित्स, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सबैको मनोबल उच्च बनाउन आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताउँदै यसअघि नै मन्त्रिपरिषद्ले जोखिमको अवस्था हेरी एक सय प्रतिशत, पचहत्तर प्रतिशत र पचास प्रतिशत भत्ता तथा २५ लाख रुपैयाँको बीमाको व्यवस्था गरिसकेको जानकारी दिए ।

मन्त्री ढकालले आज नेपाल चिकित्सक संघ, नेपाल स्काउट, उच्च मावि संघ (हिसान), नर्सिङ एसोसिएसन, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, स्वास्थ्य प्राविधिक संघ, स्वास्थ्य प्रयोगशालाकर्मी संघलगायत संस्थाका प्रतिनिधिसँग छलफल गरेका थिए ।

छलफलमा चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले चिकित्सक र स्वास्थ्यकर्मीको मनस्थिति कमजोर भयो भने महामारी विरुद्धको लडाइँ कठिन हुने बताए ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव एवं (हिसान) का अध्यक्ष रमेश सिलवालले सरकारको अभियानमा आवश्यक सहयोग गरिने बताए ।

प्रतिक्रिया दिनुहोस