सवारी तोडफोड गरेको अभियोगमा चार युवा पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सवारी तोडफोड गरेको अभियोगमा चार युवा पक्राउ


११ भाद्र २०७७, बिहिबार


दमौली । पृथ्वीराजमार्गस्थित तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा सडकछेउमा रोकिराखेको ट्रक तोडफोड गरेको अभियोगमा चार युवा पक्राउ परेका छन् ।

ना ५ ख १६५० नं को ट्रकमा बुधबार राति ढुङ्गामूढा गरी चालकलाई हातपात गरेको अभियोगमा प्रहरीले चार युवालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका-२ घर भई हाल व्यास-१ बस्ने १९ वर्षीय मनिष श्रेष्ठ, व्यास-१ बस्ने २७ वर्षीय अनुप दुरा, व्यास-१ नयाँबस्ती बस्ने २२ वर्षीय नकुल गुरुङ र व्यास-६ घर भइ व्यास-१ बस्ने १८ वर्षीय सुरेन्द्र गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

पक्राउ परेका विरुद्ध जिल्ला प्रशासन कार्यालयबाट आज म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस