टिकटकका सीईओले दिए तीन महिनामै राजीनामा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

टिकटकका सीईओले दिए तीन महिनामै राजीनामा


एजेन्सी

११ भाद्र २०७७, बिहिबार


वासिङ्टन । टिकटकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केभिन मेयरले बिहीबार राजीनामा दिएका छन् ।

मेयरले नियुक्त भएको तीन महिनामै राजीनामा दिएका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलगायत चिनियाँ एपहरुलाई प्रतिबन्ध लगाउने निर्णय गरेपछि उनले राजीनामा दिएका हुन् ।

टिकटकको सञ्चालक बाइटडान्सका कर्मचारीलाई आफूले बिहीबारदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी गराएका थिए । महाप्रबन्धक भानेसा पापासले अन्तरिमकालका लागि सीईओको जिम्मेवारी लिने फाइनान्ससियल टाइम्सले उल्लेख गरेको छ । अमेरिकी राष्ट्रपति केहीअघि बाइटडान्सले कुनै अमेरिकी कम्पनीलाई आफ्नो स्वामित्व नबेचेसम्म अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउन आदेश दिएका थिए । डिज्नीका पूर्वप्रमुख समेत रहेका मेयरले गत जुनमा टिकटकको जिम्मेवारी सम्हालेका थिए ।

अमेरिकामा बाइटडान्सले सन् २०१७ मा टिकटक एप ‘लन्च’ गरेको थियो । त्यसपछि उसले ‘म्युजिकल्ली’ नामक भिडियो एप किनेको थियो जसन अमेरिका र युरोपमा निकै लोकप्रिय भएको थियो ।

विश्वभर टिकटकका प्रयोगकर्ता करिब ५० करोड छन् । अमेरिकामा मात्रै करिब ८ करोड प्रयोगकर्ता छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस