भएका काम विधिसम्मत, पारदर्शिता र संस्थागत निर्णय प्रक्रियाका आधारमा भएका छन् : उपप्रधानमन्त्री पोखरेल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

भएका काम विधिसम्मत, पारदर्शिता र संस्थागत निर्णय प्रक्रियाका आधारमा भएका छन् : उपप्रधानमन्त्री पोखरेल


१० भाद्र २०७७, बुधबार


काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कुनै पनि राजनीतिक नियुक्तिमा आफ्नो अवाञ्छित चासो वा हस्तक्षेप नभएको स्पष्ट गरेका छन् ।

उनले आज विज्ञप्ति जारी गरी आफ्नो परिवारका कुनै सदस्य वा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिले पद वा सम्बन्धको दुरूपयोग गरी विद्यमान कानूनी व्यवस्थालाई उल्लङ्घन नगरेको जनाएका छन् ।

‘भएका काम विधिसम्मत, पारदर्शितासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन् । यदि अन्यथा भएको पाइएमा वा प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागीदार हुनेसमेत विश्वास दिलाउन चाहन्छु ।’ उनले भनेका छन् । , ‘मेरो यो दृढता र विश्वासलाई लाञ्छित गर्ने हिसाबले तथ्यहीन र अत्यन्त गलत मनसायका साथ सार्वजनिक भएका र गरिएका कुराहरूप्रति खेद व्यक्त गर्दछु ।’

उनले विगतमा राजाले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएको र त्यसविरूद्ध संघर्ष गरेका कारण यातनापूर्ण बन्दी जीवन बिताइरहेका बेला सम्पूर्ण रूपमा बदनाम र चरित्रहत्या गर्ने हिसाबले ‘घरको पानी ट्यांकीमा पैसा राखेको’ भनी कुप्रचार गरिएको स्मरण गर्दै अहिले विगतको निरङ्कुश शाहीशासनका तिनै मतियारसमेतले नयाँ ढङ्गले आफ्नाविरूद्ध स्वर उरालिरहेको उल्लेख गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस